साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखामा त फुलो रै’छ

Nepal Telecom ad

भाग्य कोर्न पठाएका कलम तिन्को लुलो रै’छ
के को लेख्थे बकम्फुसे गफ मात्रै पो ठूलो रै’छ ।

मेची काली मिल्नु पर्ने होचो अग्लो सम्याएर
कठै !! बरा पाखण्डीका चारतिर पो चुलो रै’छ ।

पढेर हो कि त जान्ने कि परेर भन्थे पाका
तर कठै !! बिचराका दिमागमा त दुलो रै’छ ।

हाछ्युँ पनि गरे अनि मुखले भुके कति कति
भुइँमा लड्थे बिचरा नाकमा पर्या धुलो रै’छ ।

देखाका छौँ भन्थे अनि कान ठाडा पारि सुन्थे
अभिनय गरेछन् है !! आँखामा त फुलो रै’छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x