साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजका मान्छे

Nepal Telecom ad

आजका मान्छे,
आधुनिक र बहुआयमिक दास हुन्
जस्तो कि म,
एउटा मालिकको सोरुमबाट किन्छु बाइक
अर्को मालिकको पम्पमा हुन्छु ग्राहक
र, कुद्छु अर्कै मालिकको सेवामा
जसले मलाई जीवन निर्वाहको ज्याला दिन्छ
कुद्दा कुद्दै बाइक सडकमा,
पञ्चट हुँदै जान्छन्– मेरा उमेरका पाङ्ग्राहरू
भर्दा भर्दै तेल पम्पमा,
रित्तिँदै जान्छ– मेरा सपनाको बहिखाता
आकाङ्क्षाको सडक नाप्दा नाप्दै
पछारिन्छु म मध्य सडक
र, टाल्नै नसक्ने गरि च्यात्तिसकेको हुन्छ एकदिन
मेरो जिन्दगीको ट्युब
बदलामा,
मोटाउँदै जान्छ सोरुम
र, मुनाफाको चिल्लो सडक छेउ–
देखापर्छ आधुनिक ग्यास स्टेसन
आजका मान्छे–
सौखिन र डिजिटल दास हुन्
जस्तो कि म,
एउटा मालिकको कारखानाबाट कमाएको पैसाले
किन्छु म अर्को मालिकको कारखानामा उत्पादित
मोबाइल फोन र रिचार्ज कार्ड
ताकी घरबाटै बुझ्न सकुँ– बैंक एकाउन्टको रिपोर्ट
तिर्न सकुँ विजुली–पानीको बिल
र, बोल्न सकुँ घण्टौँसम्म आफन्तीसँग
यस्तो कि– बोले बापतकै पैसा तिर्न
खान्छु म अर्को महिनाको जागिर
र, फेरि बोल्छु
बोल्दा बोल्दै मोबाइलमा–
गुमाउँदै जान्छु म– आफ्नै बोली
र, पङ्क्तिबद्ध हुन्छु म एकदिन
बोल्दा बोल्दै बोली नै निचोरिएका
लाटाहरूको ग्लोबल कन्फरेन्समा
जसको मुख्य प्रायोजक हुन्छ–
उही मोबाइल कम्पनी
र, ऊ भनिरहेको हुन्छ–
‘बोल्नु नै प्रजातन्त्र हो’
आजका मान्छे–
मालिक जस्तै देखिने दिग्भ्रमित दास हुन्
जस्तो कि मेरो छिमेकी,
चढ्छ अहम्को कार
अग्ल्याउँछ दम्भको महल
कुद्दा कुद्दै कारमा
चढ्दा चढ्दै लिफ्टमा
खियाउँदै जान्छ ऊ किस्ताबन्दी उमेर
महत्वाकाङ्क्षाको रिण थोपरेर भावी सन्तानलाई
बहुरङ्गी बजारको इमान्दार सेवक बनेर ऊ
अस्ताई जान्छ बुढो घाम झैं
आजका किसान त झन–
हाइब्रिड भूदास हुन्
पुर्खाहरूको आदिबासी आँगनमा
जोत्छ ऊ ‘मनसान्टो’ हलो
धान, मकै र गहुँ पठाएर बजारमा
किन्छ ऊ तयारी चाउचाउ र टिभी
बजारको विलासी सदस्य बन्न
भत्काइरहेको छ आज
सताब्दियौँ देखिको अग्र्यानिक आली
हो, आजका मान्छे
आधुनिक दास हुन्
प्रजातान्त्रिक दास हुन्
अर्थात,
स्वतन्त्र दास ।

काठमाडौँ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x