साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फर्किएँ

Nepal Telecom ad

पक्का कुरो प्वाक्क बोल्दा, पिउनका जागिरले तिउनसम्म टार्न नसक्ने टाइम हो यो । त्यसमा पनि आफू परियो पराइबेटी अफिसको पाङ्दुरे पिउन । हाकिमको हैकमवादी फूर्तिफार्ती, टाईसुट र टोपी लाउनेको टर्रो बोली । सत्र सलामले लत्रेको म मरन्च्याँसे पिउन । चियाचमेनाको ओसारपसारलाई अवसर मान्दै, जाँघेको हुपमा हातले हम्मेसा टेवा पु¥याउँछु ।

“परदेशको माम्लो !” भनेझैँ कोठाका कुनामा मट्टितेलको ग्यालेन गाउँकै सुकेपोखरीझैँ सुकेछ । हुन त त्यो पोखरीमा पानीको नामोनिसान मैले कहिल्यै देखिनँ । तर त्यो गहिरो खोँचलाई पोखरी भन्न बुढापाकासम्म चुक्दैनन् । एक दिन अचम्म मान्दै बाघजुँगे बिचारीलाई सोध्या त, वनकालीको भाकल नबुझाएर पो वनकाली रिसाएर पोखरी नै रित्तिने गरी सिनित्तै पिइछन् । वनकाली पनि बैगुनी बा ! यहाँ तेल नपाएर दुनियाँको कस्तो कन्तबिजोग छ । थपक्क ट्याङ्का पिएर सबैका ग्यालेनैपिच्छे पिचिक्क पिचिक्क पार्दै हिँडे त तेल नभेट्या बेला त्यो भिड्ले भाकल त के भाकलको बाउ, हजुरबाउ सबै बुझाउँथ्यो ।

हैन ! यो पानी त वनकालीले पिइन् तर तेलचाहिँ कुन कालीले पिइन् हँ ? रक्तकालीले पिइन् भनौँ भने तेलसँगको हेलमेल छ छैन ? “मेसो नबुझ्या ठाउँको चासो” भनेझैँ होला । बेकारमा रिसाएर फगतमा रगतै सेवन गरिन् भने त लेठै समाप्त । त्यसैले नजाने गाउँको बाटै नसोधी म लागेँ मट्टितेलको पसल पहिल्याउन । पाँच हात परैबाट “मट्टितेल छैन” भन्ने पातो देखियो । पाताले पक्का पा¥यो, नत्र त चिउरा र भुजामा मरुभूमिको उडुसझैँ बानी प¥या पेट छक्कै पथ्र्याे होला । यो पकवान कसरी प¥यो मेरो पेटमा भनेर बिचरा ! पाचन प्रत्रियाले फेकल्टी नै फेथ्र्यो होला । क्याम्पसे केटाकेटीले वर्षैपिच्छे पढाइको फेकल्टी फेरेझँै ।

यता आफ्नो एक्लो ज्यान, एकै भोक एकै शोक भनाँै भने मिलेन, उता गाउँमा डिलमाया, छोरो र बाआमा आफ्नै मुख ताक्छन् । आफू ङिच्च बत्तिसा देखाउँदै हाकिमको मुख ताक्यो । दुई मैना अगाडिको अग्रिम है भन्दै हजार दुएक हात लाग्छ । बालाई टोपी, मतारीलाई मजेत्रो, डिलमायालाई लुङ्गी र चरेलाई चुइँकने जुत्ता बोकेर चढेँ गाडी । दुई टर्निङ घुम्या मात्र के थियो टायर फुट्यो । चार घन्टामा टालटुल गरेर बल्ल गुडेथ्यो, जाममा जाकियो बा, हिलाको किलोझैँ । “रातभरमा जाम जम्मै खुल्यो, धन्य भगवान् हाम्रो भावना बुझ्यौ भन्दै बाटो लाग्यौँ । ड्राइभरले हरन बजाउन थाल्यो, पेटले बाजा बजाउन थाल्यो । तेजिलै थियो तिनै थोकको गति । एक्कासि एक हुल मनुवा आएर हात फैलाउँदै बाटो छेके र तेजिलै स्वरमा भन्न थाले– हामी चक्का जाम गर्छौं, चिन्ते भाइको चल्लो ट्रकका ठक्करले ठहरै भयो । क्षतिपूर्ति त चाहियो नि….।

लौ मा¥यो, भोकले पनि सासै जान लाग्यो ! सासको टेवा त अलिकति ढेवा खर्च गरेर भए पनि गर्नै पर्ला भनेर खुत्रुक्क ओर्लिएँ । सडकछेउमा अस्थाई मेला लागिसकेको रहेछ । आहा क्या नयाँ नेपाल, भन्दै सोधँे– पन्ध्रको चाउचाउलाई पचहत्तर, तीसको खान्कीलाई तीन सय र एक कोसो केरालाई बीस रुपियाँ– सुन्दै भोक सर्लक्क हरायो । “फुट्टी खर्च नगरी खुट्टी कमाउँदै” टन्न अघाएको स्वाँङ पार्दै गाडीमै उक्लिएँ । तैपनि मन मोरो मानेन र यस्सो विचार गरेँ, यो मेरा पाकेटको पैसा, बाको टोपी, मतारीको मजेत्रो, डिलमायाको लुङ्गी र यी चरेका चुइँचुइँ गर्ने जुत्ताले त एक भुँडी भात कसो नभेटिएला भनेर फेरि फुर्तिलो पाराले फुत्रुक्क उत्रिएँ । सबै सरसामानले एक भुँडी भात साटेँ र धेरैपछि टन्न अघाएको जुकोझँै आनन्दसँग लोत्रेकान कान लाउँदै लुरुलुरु फर्किएँ ।

हाल– काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x