साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुभक्त

जब अत्याचार, अड्डामा देखे विद्रोह बिन्ती, पत्रमा लेखे चौतर्फी छ चर्चा, नगरौं भो कुरा हास्यव्यङ्ग्य लेख्ने, आँटिला र सुरा ।

Nepal Telecom ad

हरिकला उप्रेती

श्रीकृष्ण बाजे, थिए अति जाती
बाजेका साथी, भानुभक्त नाति
तनहुँमा जन्मी, हुर्कि बढेका
देखे थे उनले, रामायण पढेका ।

वाल्मीकि विद्वान, दुनियाँ देख्ने
संस्कृत भाषामा, रामायण लेख्ने
न थ्यो पाठशाला, न थे गुरु चेला
संस्कृत जटिल, नेपाली थ्यो हेला ।

थियो यात्रा मात्र, पाठशाला त्यो बेला
घटना र पात्र, हुन्थे गुरु चेला
यात्रामै सज्जन, गुरु घाँसी भेटे
संवादमै मनका, जिज्ञासा मेटे ।

गरिब घाँसी, तर सोच धनी
जिउँदैमा सेवा, गरौं केही भनी
इच्छा गरेछन्, कुवा उन्ले खन्ने
कृति राखेर, अमर बन्ने ।

घाँसीले ज्ञान्को, भाका बोलिदिया
भानुको अन्धो, आँखा खोलिदिया
न त सेवाभाव, न त कृतिमानी
थुपार्दैमा धन, हुन्न कोही ज्ञानी ।

पहिलो गुरु बाजे, दोस्रो घाँसी दाजै
म नि बाँच्ने काम, केही गर्छु आजै
भनी रामायण, उन्ले उल्था गरे
अमर भानु नाम, इतिहासमा दरे ।

अनौठा र नौला, घटना जो देख्थे
यात्रा वृतान्त, कवितामै लेख्थे
कतै भेट्थे इष्ट, कतै दुष्ट दुर्जन
शव्दबाण छाड्दै, अघि बढ्थे झन्झन् ।

कतै घरबुढी त, कतै बहु दुष्ट
अपमान गर्थे, हुन्थे भानु रुष्ट
न थ्यो मानवता, न त शिक्षा दीक्षा
आक्रोशमै भानुले, लेखे बधुशिक्षा ।

जब अत्याचार, अड्डामा देखे
विद्रोह बिन्ती, पत्रमा लेखे
चौतर्फी छ चर्चा, नगरौं भो कुरा
हास्यव्यङ्ग्य लेख्ने, आँटिला र सुरा ।

थियो दूरदृष्टि, भविष्य त्यो देख्ने
भानु आदिकवि, रामायण लेख्ने
कवितामै गाए, कवितामै नाचे
राखे अमर कृति, युगौं युग बाँचे ।

०००
तेह्रथुम, हाल- भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
हेल्मेट जात्रा

हेल्मेट जात्रा

हरिकला उप्रेती
विषय अब चुनावको रहेन

विषय अब चुनावको रहेन

राजेन्द्रप्रसाद अधिकारी
लिम्पियाधुरा

लिम्पियाधुरा

मेघराज पाैड्याल
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x