साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यागुता सम्मेलन

Nepal Telecom ad

लम्किरहेको हात्तीको सिको गर्दै
साँघुरो कुवाको चौघेरामा ट्वार्र ट्वार्र गरिरहेछन् भ्यागुताहरू
चेपागाँडाको अगाडि बहादुर देखिन
सम्मेलन नामको वनभोज चलाइरहेछन् ।
लेखनदास दुनियाका अशिक्षितहरू
छापामा काला अक्षर गोब्र्याउँदै
भजन गाइरहेछन्
वनभोजको ।
अरबौँ खर्चिएको वनभोजमा
गरिबीको गीत गाइरहेछन्
असुरक्षाको मादल ठटाउँदै
सम्मेलन बाहिरको कफ्र्यु बिर्सिरहेछन् ।
बालकहरूको चिप्लेटी खेल्ने योजना जस्तो
देश जोड्ने रेल यात्राको कल्पना गर्छन्
बुझ्ने÷नबुझ्ने थप्पडी मार्दै हाँस्दैछन्
बस्, लय मिल्नुनै सम्मेलनको महान उद्देश्य भइरहेछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x