साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो माया मेलम्चीको पानी भयो

Nepal Telecom ad

तिम्रो माया मेरो लागि मेलम्चीको पानी भयो
आशैआशमा बस्दाबस्दै जिन्दगी नै जाने भयो

कैले सुस्ता सरी दुख्छ, कैले महेशपुरझै रुन्छ
तिमीलाई सम्झिँदा मन, कालापानी जस्तै हुन्छ
तिम्रो माया मेरो लागि, कोइलावासको खानी भयो
आशैआशमा बस्दाबस्दै जिन्दगी नै जाने भयो

मर्चवारले कपिलवस्तु, महलीको बाँधले बाके
डुबाएझैं लाग्छ मलाई, विश्वास र भरोसाले
तिम्रो माया मेरो लागि, टनकपुरको भूमि भयो
आशैआशमा बस्दाबस्दै जिन्दगी नै जाने भयो ।

हाल काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x