साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँठो

Nepal Telecom ad

फेरि आँठो लाग्यो
मार्क्सको बारीमा ।

थुम्काथुम्की बनाउनु
थुम्कोमाथि सानो कटेरो हाल्नु
कटेरोको मालिक बन्नु
रैतीहरू जम्मा पारेर
नयाँ श्रीपेचधारीको घोषणमा
सहिछाप लगाउनु
नियति बनेको छ
मार्क्सको बारीमा ।

यो एक्काइसौँ शताब्दिमा
पर्दैन अब लिगलिगे दौडको
दशहरा प्रतिष्पर्धा गर्न
र, पर्दैन अब बिसे नगर्चीहरूसँग
सल्लाह साउती गर्न
खाँचो नै के छ र
चन्द्रागिरी र नगरकोटबाट
कीर्तिपुरे दरबारको
मूलढोका चियाउन
र, खाल्डोको नक्सा कोर्न
मात्र कोरे हुन्छ असहमतिका साँवा अक्षर
अक्षरहरूको आगो बालेर घरभित्र
जब आगोले राप होइन
धुँवा उकेल्छ कुइरीमण्डल
धुँवाको मुस्लोमा लपेटिन्छ घर
बिलम्ब नगरी निस्किएर घरबाट
लगाउनुपर्छ आँठो
मार्क्सकाे बारीमा ।

लाउँदै गर नयाँ नयाँ आँठाहरू
जबसम्म रहन्छ बारीमा
आँठो लगाउने किञ्चित ठाउँ
एक, दुई, तीन, दस, पचास, सय
गन्दै जाऊ आँठोहरू कतिसम्म अट्छन्
अविराम आँठो लगाई राख
तिम्रो कामै आँठो लाउने हो
यसैमा छ आनन्द र खुसी
यसैमा छ आँठोको उत्तरसौन्दर्य
न जोत्ने टन्टा र न खन्ने दुःख
न बाली उमार्नु, न स्याहार्ने कष्ट
बस, आँठो लगाए पुग्ने
आँठो छ र त तिमी छौ
तिमी छौ र त श्रीपेच छ
श्रीपेचमै छ सान र गौरव
सान हो श्रीपेच नयाँ आँठाको
र, त उद्धत छन् मान्छेहरू आँठो लाउन
मार्क्सको बारीमा ।

घट्टेकुलो, काठमाडौं
चक्रपथ डटकमबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
तयार पर अरे

तयार पर अरे

होम सुवेदी
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
0
Would love your thoughts, please comment.x
()
x