साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज मर्नु भयो

Nepal Telecom ad

धन्य कली धन्य कली के के देख्नु पर्ने
साँचो कुरा लुकाएर झूटो लेख्नु पर्ने ।
लोग्ने छली उत्ताउलीले नाठो भेट्नु पर्ने
झूटो बोली लोग्ने चाहिँले जाँड धोक्नु पर्ने ।

कलेज जाने केटाकेटी ठीक छैन चाला
मौका परे बाटामा नै चाटी हिँड्छन् गाला ।
मन्दिरको दशा हेर पुजारी भयो पापी
नानाभाँती के के खान्छ भक्तजन ढाँटी ।

आज भोलि जताततै नक्कलीको राज
केटीको त कुरै छाडौँ बुढीलाई छैन लाज ।
पुरुष पनि कम छैनन् बाहिर ठीक्क पार्ने
घरमा स्वास्नी भए पनि अर्काकी नै ताक्ने ।

बजार गयो जताततै मिलावटको खेल
कालाबजार गर्नेलाई कहिले हुल्ने जेल ?
युवा जति विदेश गए देश भयो खाली
नेता जति ठग भए कुरा भयो बासी ।

नेपालको सान हेर कति ठूलो थियो ?
नेताजीका कुचालमा लाज मर्नु भयो ।
बोलीमा नै सिमित भयो नेपालीको नाम ।
नेतागणको मगजमा कहिले लाग्ने घाम ?
विराटनगर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x