सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कति छन् छलछाम यहाँ

Nepal Telecom ad

कति छन् कति छन् छलछाम यहाँ
मन हुन्छ छुरा मुख राम यहाँ ।

छलछाम सधैं बलियो छ अति
बरबाद गर्यो सब ठाम यहाँ

छलछाम गरी कन देश डुब्यो
विपरीत भए जब काम यहाँ ।

छलकै छ कथा कविता छलकै
छलमै चुलिए कति नाम यहाँ ।

छलछाम भयो घरमा वनमा
प्रतिदिन् लुटियो सुखधाम यहाँ ।

छल शासक भो छल भो मुखिया
छलले बटुले झन दाम यहाँ ।

कसरी छुटने छल बन्धन यो
छलमै खुसी छन् घनश्याम यहाँ ।
पुरानो नैकाप, काठमाडौं,
हाल– न्युयोर्क, अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण