साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा मान्छेको कथा

Nepal Telecom ad

दश वर्षमा घर हँसाउने छोरो हुन्छु भन्थ्यो,
पन्ध्र पुग्दा देश हाँक्ने लक्ष्य बुन्छु भन्थ्यो ।

जोश जाँगर उमङ्ग र तातो रगत थियो,
बीस टेक्दा त्यो केटोले आकाश छुन्छु भन्थ्यो ।

आकाङ्क्षा र यौवनको मेल पच्चिसमा,
हरूवाले अर्ति दिन्छन् कान थुन्छु भन्थ्यो ।

सपनाको खेती त्यति मौलाएन क्यारे !
तीस पुग्दा अरुको नि कुरा सुन्छु भन्थ्यो ।

कल्पनाको गगनबाट बज्र्यो यथार्थमा,
पैँतीसको हाराहारी सधैं रुन्छु भन्थ्यो ।

जीवन भन्नु यस्तै रैछ, बुझेँ चालीसमा,
फाटेको मन् दायाँ बायाँ हेरी तुन्छु भन्थ्यो ।

पचास पुग्दा मैले सोधें, के गर्दैछु ठूले ?
तुहिएका सपनाको माला उन्छु भन्थ्यो ।
पेप्सीकोला, काठमाडौं
हाल– आबुधाबी (यु.ए.इ)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x