ज्ञानुवाकर पौडेलएउटा मान्छेको कथा
दश वर्षमा घर हँसाउने छोरो हुन्छु भन्थ्यो,
पन्ध्र पुग्दा देश हाँक्ने लक्ष्य बुन्छु भन्थ्यो ।
जोश जाँगर उमङ्ग र तातो रगत थियो,
बीस टेक्दा त्यो केटोले आकाश छुन्छु भन्थ्यो ।
आकाङ्क्षा र यौवनको मेल पच्चिसमा,
हरूवाले अर्ति दिन्छन् कान थुन्छु भन्थ्यो ।
सपनाको खेती त्यति मौलाएन क्यारे !
तीस पुग्दा अरुको नि कुरा सुन्छु भन्थ्यो ।
कल्पनाको गगनबाट बज्र्यो यथार्थमा,
पैँतीसको हाराहारी सधैं रुन्छु भन्थ्यो ।
जीवन भन्नु यस्तै रैछ, बुझेँ चालीसमा,
फाटेको मन् दायाँ बायाँ हेरी तुन्छु भन्थ्यो ।
पचास पुग्दा मैले सोधें, के गर्दैछु ठूले ?
तुहिएका सपनाको माला उन्छु भन्थ्यो ।
पेप्सीकोला, काठमाडौं
हाल– आबुधाबी (यु.ए.इ)
Subscribe
Login
0 Comments
Oldest





































