साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मदिनमा कविता

Nepal Telecom ad

बिहानै
देशको कविता लेख्न बसेँ
जन्मदिनमा !
कठै ! त्यो गुँडको बचेरो पहाडलाई
भत्काइसक्यो– भोकको भूकम्पले !
बल्ल जाँदै छन् त्यता–
चराहरूका डाक्टर,
नदीहरूका पत्रकार,
फाँटहरूका सेनाप्रहरी ।
उता, फर्जी वकिललाई साक्षी राखेर
सीमास्तम्भहरूले गरे भर्खरै–
आपसमा सम्बन्धविच्छेद !
यता, कुनामा बसेर झोक्राइरह्यो–
हरिया रुखहरूको न्यायाधीश !
ऋणको तातो आँसुले छाती भिजाउँदै
पोहोरसाल उडेर खाडी पुगेको एउटा गाउँ
काठको बाकसभित्र शान्त भएर
आइपुगेको छ विमानस्थलमा !
अराजक भएका छन्– मनहरूका पाठशाला
कहाँ गए– बुद्धहरूका शिक्षक ?
खेतहरूमा हुर्केको छ– उदासीको रुख
कहाँ गए– बगैँचाजस्ता किसान ?
बन्दै÷भत्किँदै छन्– विश्वासका घर
कहाँ गए– फूलहरूका इन्जिनियर ?
मेटियो/नराम्ररी मेटियो–
भरियाहरूको पाइलाले कोरेको बाटो !
पुर्खाहरूले बनाएको देशको चित्र !
र, सामान्य मान्छेको सपनाको अक्षर मेटियो !
हेर्दाहेर्दै, तुइनबाट खसेर बग्यो नदीमा–
कोइली कविको एक टुक्रा कविता !
त्यसलाई बचाउन सकेको भए
पठाउनुहुन्थ्यो– योजना आयोगमा !
हेर्दाहेर्दै महँगीको धरापमा परेर म¥यो–
एउटा रिक्सावाल जूनकिरी कलाकार !
उसलाई बचाउन सकेको भए
पठाउनुहुन्थ्यो– संविधानको कुनै अनुसूचीमा !
अरे,
खोइ, ती डुङ्गाहरूका कार्यकर्ता ?
खोइ, ती युगहरूका वैज्ञानिक ?
खोइ, ती गरिबहरूका कर्मचारी ?
एकै दिनमा
कति धेरै दृश्यहरू आए आँखामा
र, सालिक बने !
आयुको गोजीबाट पोखिँदै
उल्टो बगिरह्यो– भविष्य !
अहँ, लेख्न सकिनँ– देशको कविता !
जन्मदिनमा
कवितै नलेखी उठेँ
साँझपख !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x