साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शाकाहारी

Nepal Telecom ad

सिंह झैं गर्जनु होस्, बाघले झैं झम्टनुहोस्
शाकाहारी भएर त सकिन्न नि,
उनीहरू त हात्तीगैँडा समेत खान्थे
तपाइँ कमसेकम कुखुरो त खानुहोस् ।

ममको बाहिरै मासु त देखिँदैन नि
ममको भित्र “के हालेको” किन सोध्नुहुन्छ ?
आफ्नो खाना केले बनेको छ भनेर थाहा पाउनै पर्छ भने
काउली खाँदा “के हालेर फलाएको” सोध्नुहुन्छ ?

मासु खाँदा हिंश्रक पशु भइन्छ भने
शाकाहारी भएर घाँसपात खाँदा के साधु गाई भइन्छ ?
अहिंसावादी भएर शाकाहारी भएको हो भने
लाइ लागेको तरकारी केलाउँदा कति लाइको प्राण जान्छ ?

“जस्तालाई तस्तै” सिद्धान्त त तपाईं पनि मान्नुहुन्छ
लामखुट्टेले त तपाईंको रगत चुस्छ
अब लामखुट्टेको तपाईं के चुस्नु हुन्छ ?
लौ त गर्नुहोस् “जस्तालाई तस्तै”, सक्नु हुन्छ ?

मासु खाँदा आफ्नो पेट पशु पंक्षीको चिहान सरह हुन्छ भने
शाकाहारी हुँदा पनि त् पेट प्राङ्गारिक मलको खाल्डो हुन्छ
चिहान त बरु सफा हुन्छ गन्हाउँदैन
मलको खाल्डो के सुँघी सक्नु हुन्छ ?

ठिक छ, आफ्नो पेटलाई पशु पंक्षीको चिहान नबनाउनुहोस्
चिहानबाट त केहि बाहिर निस्कँदैन नि
के तपाईं कब्जियतको त्यति ठूलो बिरामी हुनुहुन्छ ?
भइगयो मासु नखानुहोस् तर कृपया डाक्टर अवश्य जचाउनुहोस् !
“पशुको माया लाग्छ” शाकाहारीहरू भन्छन्
माया गर्न वरिपरि यात्रा मानिसहरू हुँदा हुँदै
शाकाहारीले चै पशुलाई नै किन माया गर्छन् ?
जनताले नेता नखानुको अर्थ के नेताको माया गर्छन् ?

साग पात जत्ति शाकाहारीले खाई दिएपछि
शाकाहारी पशुहरूले के खान्छन् ?
मांशाहारीले खसी बोका नखाए तिनले सागपात सप्पै खाई दिन्छन्
अनि शकाहारीले के खान्छन् ?

शाकाहारी बाँदरबाट हजारौ वर्ष लगाएर
बिकसित हुँदै मांशाहारी मानिस भइएको छ
त्यत्रो वर्ष लगाएर प्राप्त विकासक्रमको फल मांशाहारी हुन छोडेर
फेरि शाकाहारीमै नफर्कनु होस् ।

सिंह झैं गर्जनु होस्, बाघले झैं झम्टनुहोस्
शाकाहारी भएर त सकिन्न नि,
उनीहरू त हात्ती गैँडा समेत खान्थे
तपाईं कमसेकम कुखुरो त खानुहोस् ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x