साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि युद्धप्रसाद मिश्रको योगदानमाथि चर्चा

Nepal Telecom ad

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न १०७ औँ युद्धप्रसाद मिश्र जन्म जयन्ती मनाइयो ।

वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्य र वासुदेव अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा डा. तुलसी प्रसाद भट्राईले वनारसकालीन कविवर मिश्रका बारेमा विस्तृत विचार राख्नु भयो भयो भने प्राज्ञ अमर गिरीले उहाँको कवित्वका विविध आयामबारे ठोस मूल्याङ्कन गर्नु भयो ।

प्रतिष्ठानका उपाध्यक्ष मोहन दुवालले मिश्रको अतुलनीय स्वाभिमानका बारेमा र कुलपति गंगाप्रसाद उप्रतीले उहाँको समग्र योगदानका बारेमा आफ्नो धारणा राख्नु भयो ।

प्रमुख अतिथि रोचक घिमिरेले वनारसको साहित्यिक पत्रकारिताका साथै मिश्रसँगको आफ्नो वनारसी भेटको प्रसङ्गमा चर्चा गर्नु भयो । सन्ध्या पहाडीले सञ्चालन र डा. नारायण गड्तौलाले स्वागत गर्नु भएको सो कार्यक्रममा कवि प्रभा भट्टराई र नमुना शर्माले मिश्रका कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित महानुभावलाई आयोजकको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै वासुदेव अधिकारीले इमान, चेतना र स्वाभिमानका त्रिवेणी कवि मिश्रबाट हामी धेरै कुरा सिक्न सक्छौँ भन्नु भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x