साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रश्न

Nepal Telecom ad

धेरै ज्यान गए कठै शहिदका नेपाल बन्ला भनी
उस्तै भो मति सुध्रिएन दलको सत्ता र कुर्सी गनी ।
आशा भाषणमा दिएर नजुटी त्यो पूर्ण होला कहाँ
बन्ला खै अब अग्रचालसितको नेपाल साँच्चै नयाँ ??

कर्णाली जलिरन्छ शोक पिरमा भोको र रोगी बनी
सुस्तामा पनि सुख्ख छैन कहिलै खुम्चीरहेकै छ नि ।
राजा मात्र हटे हजार अझ छन् उस्तै रजौटा यहाँ
सामन्ती मतियारको छ अखडा नेपाल यो के नयाँ ??

बत्ती छैन हरे चुलिन्छ महगी पानी अभावै छ है
थुप्रा फोहरका बजारहरुमा दुर्गन्ध फैलाउदै ।
खाडीमा कति दास भैकन युवा रोई रहेछन् त्यहाँ
टुङ्गो छैन भविष्य बाहिर नगै नेपाल यो के नयाँ ??

हत्या दैनिक हुन्छ मध्य दिनमै चोरी डकैतीहरु
भोकै छन् निमुखा र निर्धन सधै गिर्दो अवस्था अरु ।
बाँझै खेत रहेभने लहलिदै धानै नफल्ला यहाँ
छौ ऐजेरु समानकै परजिवी नेपाल यो के नयाँ ??

कौवाको फुलबाट कोकिल कतै सप्रेर जन्मन्छ र
यै हड्ताल बिरोध भ्रष्ट रितले यो देश सप्रन्छ र ?
बढ्दै छन् अपराध रातदिनमा अन्याय उस्तै जहाँ
सक्नेले ढुकुटी सकाउछ सधै नेपाल यो के नयाँ ??

कोही शासक छैन किन्तु अरुको सर्कार आफै पनि
कस्ले भन्दछ चाल यै हुन नयाँ नेपाल राम्रो भनी?
बिद्युत्को उपहास गर्दछ टुकी जल्श्रोतका छौ धनी
माऊ स्याल भए भने त बचरा के बाघ बन्छन् त नि ??

टुप्पामा जब फल्छ ऐजरु रुखै अठ्याउदै हुर्कने
कोही छैन यहाँ बिषाक्त बिरुवा त्यो ऐजरु खुर्कने ।
को देला किन देश रुन्छ यसरी यो प्रश्नको उत्तर
खिर्रााको रुखबाट काफल मिठो चाहेर के फल्छ र ??

कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x