साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रानीपोखरी र फुलमायाँ

Nepal Telecom ad

एक हुल
दानवबाट बलात्कृत
फूलमाया न्याय खोज्दै
न्यायलयको दैलो
ढकढकाउन आइपुगिन्
झिसमिसेमै
अबेरसम्म खुुलेन
न्यायलयको दैलो
अँगालोभरी न्याय च्यापेर
घर फकिर्ने
सपना बुुनेर आएकी फुलमायाले
घण्टौँसम्म कुरिन्
कालो कोटवाला न्यायाधीशलाई
छितिज पुुग्ने हतारोमा
घाम उकालिँदै गर्दा
कालो कोटवालाहरू
दैलोबाट हुुलका हुुल
भित्र र बाहिर गरिरहेका थिए
तर
उनलाई थाहा थिएन
को हुुन्
आफ्नो असली न्यायका पिता ?
अपरिचित थिइन् उनी
न्यायलयको दैलोसँग
त्यसैले मौनतालाई तोड्दै
निकाल्न थालिन्
करुण ध्वनि
हजुर मलाई न्याय चाहियो ?
उनको करुण ध्वनिले
ब्युुँतायो सारा सहर
तर ब्युँतेनन्
न्यायालयका न्यायाधीशहरू
उनले धिक्कारिन् आफ्नै कर्मलाई
सरापिन् न्याय मरेको सहरलाई
अनि भक्कानो पर्दै
घोप्टिन रानीपोखरीको काखमा
भोलिपल्टको झिसमिसेमै
अखबारका हेडलाइन बनेर आए
टेलिभिजनका पर्दामा
ब्रेकिङ न्युुज देखिए
रेडियोको ताजा खबर बने
गाउँबाट न्याय खोज्दै आएकी
फुलमायाँले
न्याय नपाएपछि
रानीपोखरीमा हाम फालेर
आत्महत्या गरिन् ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x