सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रानीपोखरी र फुलमायाँ

Nepal Telecom ad

एक हुल
दानवबाट बलात्कृत
फूलमाया न्याय खोज्दै
न्यायलयको दैलो
ढकढकाउन आइपुगिन्
झिसमिसेमै
अबेरसम्म खुुलेन
न्यायलयको दैलो
अँगालोभरी न्याय च्यापेर
घर फकिर्ने
सपना बुुनेर आएकी फुलमायाले
घण्टौँसम्म कुरिन्
कालो कोटवाला न्यायाधीशलाई
छितिज पुुग्ने हतारोमा
घाम उकालिँदै गर्दा
कालो कोटवालाहरू
दैलोबाट हुुलका हुुल
भित्र र बाहिर गरिरहेका थिए
तर
उनलाई थाहा थिएन
को हुुन्
आफ्नो असली न्यायका पिता ?
अपरिचित थिइन् उनी
न्यायलयको दैलोसँग
त्यसैले मौनतालाई तोड्दै
निकाल्न थालिन्
करुण ध्वनि
हजुर मलाई न्याय चाहियो ?
उनको करुण ध्वनिले
ब्युुँतायो सारा सहर
तर ब्युँतेनन्
न्यायालयका न्यायाधीशहरू
उनले धिक्कारिन् आफ्नै कर्मलाई
सरापिन् न्याय मरेको सहरलाई
अनि भक्कानो पर्दै
घोप्टिन रानीपोखरीको काखमा
भोलिपल्टको झिसमिसेमै
अखबारका हेडलाइन बनेर आए
टेलिभिजनका पर्दामा
ब्रेकिङ न्युुज देखिए
रेडियोको ताजा खबर बने
गाउँबाट न्याय खोज्दै आएकी
फुलमायाँले
न्याय नपाएपछि
रानीपोखरीमा हाम फालेर
आत्महत्या गरिन् ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाँसो र हाँसो दिवस !

हाँसो र हाँसो दिवस...

हाेमनाथ घिमिरे
जो भेटे पनि यी झम्टिन्छन्

जो भेटे पनि यी...

रमेश खकुरेल
नाइटो महात्म्य

नाइटो महात्म्य

तिलकराज शर्मा पाैडेल
धन महिमा

धन महिमा

सुशील रिजाल
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली