साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रमै भ्रममा मेरो देश !

Nepal Telecom ad

गणतत्र भन्छौ
सङ्घीयता भन्छौ
न यो देशमा गणतन्त्रको जग बसाल्छौ
न यो देशमा साँचो सङ्घीयता नै ल्याउँछौ ।

लोकतन्त्र भन्छौ
राष्ट्रियता भन्छौ
न यो देशको लोकतन्त्र निर्माण गर्छौ
न यो देशको राष्ट्रियता नै सबल बनाउँछौ ।

क्रान्ति भन्छौ
शान्ति भन्छौ
न यो देशमा कुनै क्रान्तिको अभिभारा बोक्छौ
न यो देशमा कुनै शान्तिको बाटो नै पहिल्याउँछौ ।

सत्य निरुपण भन्छौ
मानव अधिकार भन्छौ
न यो देशमा साँचो–सत्य खोज्छौ
न यो देशमा दण्डबिहिनतालाई नै रोक्छौ ।
तिमी भ्रममा छौ, तिमी लोभमा छौ
न तिम्रो यात्रा स्पष्ट छ, न तिम्रो गन्तव्य नै ।

अपशोच !
तिमी हाम्रा सारथी हौ, तिमी नै हाम्रा महारथी हौ
तिमी हाम्रा नेता हौ, तिमी नै हाम्रा “भाग्य विधाता” हौ ।
काठमाडौं
२०७१ । ०९ । ३०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x