साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘कमरेड भाउजू’ सार्वजनिक

Nepal Telecom ad

काठमाडौं, १ माघ । बेलायतको राजधानी लन्डन निवासी साहित्यकार कृष्ण बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ आज सार्वजनिक गरिएको छ ।

साम्यवादी दर्शनका प्रणेता कार्ल माक्र्सको लन्डनस्थित समाधिस्थलबाट कथाकारले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । सङ्ग्रहका कथा विदेशी भूमिमा रहेका नेपालीको वरिपरि घुमेका छन् । माओवादी जनयुद्धका क्रममा विस्थापित तथा विदेश पलायन भएका नेता तथा कार्यकर्ताका कथा व्यथालाई मुख्यरुपमा उठाइएको कथाकारले जानकारी दिनुभयो ।

उक्त सङग्रहमा केही यौन मनोवैज्ञानिक र यथार्थवादी कथा छन् । ती कथाले नेपाली डायोस्पोरामा देखिएको परिवार विघटन, विचलन जस्ता पेचिला समस्याका बारेमा सचेत गराएको छ ।

तेह्र कथा रहेको उक्त सङ्गहलाई शब्दार्थ प्रकाशन काठमाडौंले बजारमा ल्याएको हो । लामो समयदेखि डायोस्पोराबाट नेपाली साहित्यमा कलम चलाउँदै आएका बजगाईंको यो पाँचौँ कृति हो । रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x