साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेथा यौटा घरको

Nepal Telecom ad

धौले घर बनाउँदा राखेनछन् ख्याल
हाल्नै पथ्र्यो हालेनछन् यौटै ढोका झ्याल
घर हेरी दुनियाँले कुरा गर्छन् यस्तो–
किन होला घर पनि पाटी पौवा जस्तो !

बैठकमा ब्वाँसा बस्छन् मझेरीमा साँढे
भान्सा कोठा बिर्ता ठान्छन् बिरालाका ढाडे
सर्प बिच्छी छेपारा र माकुराका लागि
बनाएको घर जस्तो थप सहभागी ।

मुसा साङ्ला लाम्खुट्टे र उडुसले भन्छन्–
संसारमै यस्ता घर अन्त कहाँ बन्छन् !
उल्लु अनि चमेराले यस्तो घरलाई
दर्बार नै ठानेका छन् मोज गर्न पाई ।

अस्तिसम्म ‘नेपाल’ थ्यो यो घरको नाउँ
कल्ले गर्दा ‘पाटी’ भयो कहाँ सोध्न जाउँ ?
एकातिर खेतीपाती अर्कोतिर कुलो
सानो–सानो यो घरको बेथा ठूलो–ठूलो ।

सपूत क्वै भए झट्ट मैदानमा आऊ !
जोगाऊ लौ भताभुङग नेपालको नाउ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x