साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठै, उत्तानु पर्यौ !

Nepal Telecom ad

जाग जाग जनता ! कति जाग्छौ ?
सुत जाऊ अब ता, कि त भाग्छौ ?
भन छाडी किन सब खाडी गयौ ?
गुरु गोरु हुँदा तिमी मुर्ख भयौ ।

तिमी जागा हुँदा देश नागा भयो
एक देश थियो कति भागा भयो ?

बहादुर बनि खुब लड्नु लड्यौ
लड्यौ राम्रै भो कठै उत्तानु पर्यौ ।

थियो शान कति ? त उखान भयो
तिमि जागा हुँदा जति थियो गयो ।

लग्यो कागले कान भनेर सुन्यौ
खुब दौडी कठै उत्तानु पर्यौ ।

कति बाद सुन्यौ कति बादी बन्यौ ?
घाम तापी बसी पनि राति भन्यौ !

गुरु थापी कति सठ तन्त्र पढ्यौ ?
भई जान्ने कठै उत्तानु पर्यौ ।

छोडी शान्ति अझै ल त क्रान्ति गर
बहादुर बनि खुब मार मर ।

बुद्धिमान कसैले भनेको सुन्यौ ?
बहादुर कठै उत्तानु पर्यौ ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x