साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ टेक्छौ पाइला ?

Nepal Telecom ad

तत्पर छन्
अर्जुन बन्न
आयुधका पुजारीहरू
र त
देखिन्छन् सधैं
गोटी बन्ने प्रतिस्पर्धामा
उत्खनित चिहानमाथि उभिएर
गारो छ
रोमान्चित हुनु
भय छ हृदयमा
कोटी कोटी कर्णहरूको
कतै
पधेंरामा भेटिन्छन्
निधारको घाउ पखालिरहेका
अभिशप्त अश्वत्थामाझैं
कतै
एक्लो अभिमन्युलाई
तड्पाई तड्पाई मारेको
स्मृतिले
अविघातित भएर
फडफडाउँछन्
माउसुलीको चुँडिएको पुच्छरर्झें
फेरि कहिले
भौंतारिन्छन्
मायावी कृष्णको खोजीमा
र चाहन्छन्
निर्बिघ्न आशीर्वाद
हर मुद्धामा
दौडन्छन्
मथुरा र द्वाराकातिर
निर्देशन दिन तयार छन् कृष्ण
अनि
सुन्छन् मन्त्र हतार हतार
श्रीमद्भगवद् गीता
तर चाहिएका श्लोक मात्र–
जित्यौ भने पृथ्वीमा राज्य,
हार्यौ भने स्वर्गको वास !
तसर्थ लड !
तर
अर्जुन,
खुकुलो छ तिम्रो गाण्डीव
संकुचित छ तिम्रो दर्शन
कर्कश छ तिम्रो सङ्गीत
र सबैभन्दा बढी
निर्दोष जनताको
रगत र आँसुले भिजेको छ
तिमी हिँड्ने
हर दिशाको बाटो
कहाँ टेक्छौ पाइला ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x