साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलियुग आयो !

Nepal Telecom ad

१. तपाईंले भनेको हो कलियुग आयो !
तपाईंकै अगाडि लौ ! कलियुग आयो !

२. साम्यवाद कराउने फासीवादी भए
प्रजातन्त्र जप्ने यस्तै ! कलियुग आयो !

३. शास्त्रवादी भोज प्रिय ! गुरु ट्युसने छन्
भ्रष्टाचार कति कति ! कलियुग आयो !

४. पुराणमा नाच गान ! चन्दा जम्मा बढ्यो !
कमाउने सवै भए ! कलियुग आयो !

५. पार्टीको त चर्तिकाला सर्वश्रेष्ठ भयो !
बेबकुफ पार्ने बढे ! कलियुग आयो !

६. जो पनि त नेता भयो ! जान्न हुँ नै भयो !
सिधा सोझा चुप्प हुने ! कलियुग आयो !

७. भाषा भेष शिष्टताको संस्कृतिको कुरा
पाखा लाग्यो सारै दरो कलियुग आयो ।

८. खर्च मात्र ! हानि मात्र ! असात्विक पारा
उत्ताउलो ज्यादै भयो ! कलियुग आयो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x