साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं पनि आज भोलि कविता लेख्नुहुन्छ अरे !

Nepal Telecom ad

तपाईं पनि आज भोलि कविता लेख्नुहुन्छ अरे
निराशाको बिगुल फुक्नुहुन्छ अरे
आक्रोशको मादल ठोक्नुहुन्छ अरे
तपाईंको कलमले त क्रान्ति बोलाउँछ रे
शान्ति भगाउँछ रे
तपार्इं पनि आज भोलि कविता लेख्नुहुन्छ अरे !

तपाईं जत्तिकोले कलम चलाई सकेपछि
सूर्य पनि अलि बढी चम्किलो नदेखिए के मजा ?
तपाईं जत्तिकोले कलम चलाई सकेपछि
समुद्र पनि अलि बढी नफैलिए के मजा ?
तपाईं जत्तिकोले कलम चलाई सकेपछि
हिमाल पनि अलिकति न उचालिए के मजा ?
तपाईं पनि आज भोलि कविता लेख्नुहुन्छ अरे !

निराशा र आक्रोश फैलाउन कवि नै किन चाहिन्छ र ?
अत्याउन र लत्याउन कविता नै किन चाहिन्छ र ?
मलाई अलिकति उत्साह लेखि दिनुहोस् न कविजी
मलाई अलिकति आशा थपि दिनुहोस् न कविजी
मलाई रुवाउन मेरो परिस्थिति पर्याप्त छ
मलाई अलिकति हाँसो लेखि दिनुहोस् न कविजी
तपाई पनि आज भोलि कविता लेख्नुहुन्छ अरे !

खुबै लेख्नुहुन्छ अरे देशको पिर ब्यथा
त्यसमा आफ्नो कर्तव्यको कुरा पनि लेखि दिनुहोस् न कविजी
कति लेख्नु हुन्छ किन लेख्नु हुन्छ मृत्युको सन्देश ?
मलाई अलिकति जीवन लेखि दिनुहोस् न कविजी
तपाईं पनि आज भोलि कविता लेख्नुहुन्छ अरे !
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x