साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनाधिकार प्रयत्न

Nepal Telecom ad

प्रत्येक परीक्षाहलमा
हिजोआज
संविधान सभाको बैठक चलिरहेछ
नियम मिच्ने प्रत्येक परीक्षार्थीहरूको कोलाहल
मानौं तिनै लेखिरहेछन्
नवीनतम संविधान
नयाँ नेपालको
वार्निङ बेलमा अड्किरहेको समय
ती काटिरहेछन् बडो बेचैनीका साथ
आँखा जुधाएर आँखा छल्नु
हाई काढेर बिउझिएको स्वाङ पार्नु
बसेकालाई उठाउनु र
उठेकालाई लडाउनु
अनि कुर्सीको खेलमा कुर्सी नै अदलीबदली गरिदिनु
बस् !
यिनै विभत्स आकृतिहरूले
यो परीक्षा हललाई संविधान सभाको बैठकजस्तै बनेको छ
बेचैन छन् नयाँ संविधान लेख्ने यी नवोधित हातहरू
तर सिङ्गो देश छटपटाइरहेको म देखिरहेछु
यिनको बेचैनीमा सबैभन्दा ज्यादा संक्रमित छ देश
म देश हेर्न नसकेर यिनका अनुहारबाट दृष्टि फेरिरहेछु !
शब्द र सङ्केतहरूको अनाधिकार प्रयत्नमा
देश दुबाउनेहरूको लामो भीड छ यहाँ…
सिमानाको बिचमा उसैगरी उभिएको छु म
बानी परिसकेको छ मलाई यसैगरी
आफ्नै स्वाससँग आफै निस्सासिन
अनुशानका बुँदाहरू
अरुचिपूर्वक सुनाउँछु र
बारम्बार दोहोरिरहने गल्तीलाई
पहिलोपटक माफी भन्दै
नदेखेको अभिनय गर्छु
मेरा सारा आशाका किरण
जातीयताको सीमामा पुगेर टुङ्गिन्छ
भूगोलको सीमामा पुगेर कुजिन्छ
सुशिला गुरुङ र मङ्गलराम चौधरीको लगनमा म
जातीयताको सिमाना कोर्न चाहन्न
त्यसैले देवकोटामा पुग्छु र आफैलाई सुनाउँछ–
“मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन…”
बाहुनको भान्छामा खाना पकाइरहेको निर्धन सम्राट कार्की
मेरो उचाइ भन्दा अग्लो विश्वास मुस्कुराउँछ
नयाँ आविष्कारको भाषा बोल्छ–
“म म्यानेजर बन्छु !”
सम्भवतः देशलाई यही भान्छाघर जस्तो सफा र व्यवस्थित गर्न
सम्राट होइन सम्राट कार्कीहरूको खाँचो छ
एक घण्टा पछिको वार्निङ बेलमा
एकैचोटी उठ्छन् सभासद जस्ता परीक्षार्थीहरू
थमाउँछन् रित्ता उत्तर पुस्तिकाहरू
म बहुलाउँछु– नागरिक यो देशको
एउटा परीक्षाको पर्यवेक्षक !
फरक पाउँछु त एउटा कुरा–
उनीहरू आजीवन संविधान लेखिरहन चाहन्छन्
यिनीहरू एकै घण्टामा बाहिरिन !!
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x