साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो खबर्दार छ !

Nepal Telecom ad

हाम्रा सुन्दर भोट वा मत लिई, उन्मत्त हुन्छौ यहाँ
सत्ता वा प्रतिपक्षका दल सबै, आवेगमा छौ यहाँ ।
ध्वंसै ध्वंस र द्वन्द्वका फसलले, सप्रन्न है देश ता
चोखो मेलमिलाप नै असल हो, देउ सफा सभ्यता ।। १।।

हेद्र्यौ ग्रन्थ महान गान रचना, अग्ला महाभारत
हेद्र्यौ है इतिहास विश्वभरको, सङ्ग्रामको गारद ।
आफ्ना ती इतिहासका पल घुमी, गम्भीर व्याख्या गर
सम्झौता सहकार्य शान्ति नभई, हुन्नन् कसैको जय ।। २।।

नेपाली जनता सहिष्णु समता, चाहन्छ स्वातन्त्रता
ठालूतन्त्र विरुध्द उठ्दछ सदा, फक्रउँदै सभ्यता ।
राणा शाह ढले गले समरमा, घोरी वितण्डा सबै
मात्रै दास–प्रजा नठान जनता, नेता कडा गर्जदै । ।। ३।।

भो भो उग्र नपस्क क्रान्ति अहिले, ठण्डा बनी जुट्नु हो
सत्ता वा प्रतिपक्ष नायक बुझून्, मिल्दै यहाँ उठ्नु हो ।
हाम्रो राष्ट्रिय अस्मिता खलबली, होला खबर्दार छ ।
धर्मै जात र क्षेत्रको गडबडी, होला खबर्दार छ ।। ४।।

विद्रोही दलका कुरा सुन यहाँ, सत्ता खबर्दार छ्
सत्ताका दलका कुरा सुन यहाँ, मोर्चा खबर्दार छ ।
सीमा नाघ्न हुँदैन नायक भई, भत्कन्छ यो राष्ट्र त
भन्छम् है प्रतिपक्ष– पक्ष अगुवा, हाम्ररो खबर्दार छ ।। ५।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x