साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जितेको ठहरिने भए…

Nepal Telecom ad

शासकले रूप फेर्दैमा

फेरिने भए दिनचर्या
चुनु गुरूङकी बेलीसरा
किन गर्थिन् गाउँ बेसी
डोकोभरी शासन मास्ने डल्ला
खोस्मेराले छोपेर
समयले शासक
फेर्दैमा फेरिने भए दुस्काल
किन डुल्थ्यो शिवकोे सारङ्गी
रिठ्ठेपानीबाट अझै कुनातिर
किन बोल्थ्यो
इच्छुकको कविताले
शासन विरूद्ध
शासकले गुण नफेर्दै
फेरिने भए शासन
अनौ छाडेर
किन समाउनुपथ्र्यो
हलीले हतियार
मेलापात गर्नेले
किन पोको पार्नुपथ्र्यो
पोल्टामा मृत्यु
शासकले घुँडा टेक्दैमा
जनताले जितेको ठहरिने भए
किन गर्नुपथ्र्यो
शासन विरूद्ध पुन उद्घोष
फेरि किन ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x