साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो बिरामी भइएछ

Nepal Telecom ad

कहिले गोडा दुख्यो
कहिले घुँडा दुख्यो
खै के बिरामी भइएछ
निको हुन्छ कि भनि
स्वास्थ्यशाला गइएछ
स्वास्थ्यशालामा
बिरामी भन्दा पनि धेरै
डाक्टर साहबको
दुहुनो गाई पो भइएछ ।

डाक्टर साहबले के जाँच्थे
यसो हेरेपछि
प्रयोगशाला जाने भन्दै
लाकककमो लिस्ट दिए
प्रयोगशालाका जाँचकी पनि के कम ?
रगत जाँच
पिसाब जाँच
दिसाब जाँच
अनेक भन्दै
झन्नै ढल्ने गरी पैसो लिए
साँझ घर फर्केपछि
टेनसनले स्वाट्ट
एक प्याक सोमरस पिएँ ।
अर्को दिन
सब रिपोर्ट देखाएपछि
डाक्टर साहबले फेरि
एउटा पसलको नाम भन्दै
औषधीको लाकककमो लिस्ट दिए
औषधी पसले पनि के कम ?
हान्दै खाने तालिकाको दम
यो दिनको एक पटक
यो दिनको दुई पटक
यो सुत्ने बेला
यो उठ्ने बेला
यो खाना अघि
यो खाना पछि
झोलै भरिने गरि औषधि दिए
गाडी भाडै नरहने गरी
हसुरेर दाम पैसो लिए
घर फर्केपछि, फेरि टेन्सनले
एक बोटल सोमरस दिएँ ।

कस्तो बिरामी भइएछ
स्वास्थ्यशाला भनेको त
वधशाला पो गइएछ
रिसको पारो तात्तियो
मन पनि साह्रै आत्तियो
पर्चासर्चा फोहरको झोलामा हालिदेँ
औषधि लगि खोलामा फालिदेँ
आजभोलि
न पेट दुख्छ
न टाउको दुख्छ
न पिसाब रुक्छ
न दिसा रुक्छ
बरु डाक्टर साहबलाई देखेपछि
यो ओठमुख नै सुक्छ ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x