साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौनधारण

Nepal Telecom ad

सभागृहको बृहत सभाकक्षमा
सुरु भयो मौन धारणको समय
एक मिनेट
सहिदको सम्झनामा मात्र एक मिनेट
मौन धारणको लागि
भावपूर्ण सन्नाटामा उभिएकाहरू
सबै शान्त र गम्भीर थिए
सहिदलाई सम्झिने
एक मिनेटको समय पनि
भद्रभलाद्मीहरू धेरै कुरा सम्झँदै थिए
सहिदलाई सम्झिनेहरूको बिचमा
सत्तासिन पार्टीको एउटा नेता
जसरी पनि सरकार टिकाउने चाल सम्झँदै थियो
अत्यन्तै भावुक मुद्राका साथ उभिएको
विपक्षी पार्टीको नेता
सरकार ढाल्ने खेल
कसरी खेल्ने होला भनेर गम्दै थियो
नाम चलेको एउटा उद्योगपति
कमसल उत्पादनबाट हुने
भारी मुनाफाको हिसाब किताब गर्दै थियो
राजनीतिमा समेत प्रभावशाली एउटा व्यापारी
कृत्रिम मूल्यवृद्धि र मिसावटलाई
कायम राख्नेबारे नयाँ सोच बनाउँदै थियो
जुनसुकै सत्ताको नजिक रहने क वर्गको एउटा ठेकेदार
लाभदायक ठेक्का पार्न निर्माण मन्त्रीलाई भेट्ने
चाँजोपाजो मिलाउँदै थियो
धर्म कर्ममा लिन एउटा तस्कर
आफ्नो धन्दालाई राजनीतिसँग जोड्ने योजना बुन्दै थियो
दया र दानका लागि चर्चित एउटा भ्रष्टाचारी
प्राप्त हुन बाँकी घुस र कमिसनको रकम जोड्दै थियो
सबैलाई बुद्धि दिने एउटा बुद्धिजीवी
युरोपेली युनियनको निर्देशनमा
कुनै प्रख्यात आईएनजिओको
प्रस्ताव तयार गर्ने कुरा सोच्दै थियो
राजधानीको एउटा कवि शनिवारको टिकट सोका लागि
ताली खाने कविताको कल्पना गर्दै थियो
शहरको एउटा चर्चित पत्रकार
भोलिको अङ्कमा कसलाई ठोक्नेहोला भन्ने
चिन्ताले ग्रस्त थियो
एउटा चोर बिगतका आफ्ना चोरीहरूप्रति
गर्व गर्दै चोरीको नयाँ शैलीवारे सोच्दै थियो
एउटा पाकेटमार आँखा नचलाएर
वरपरका पाकेटहरूतिर हेर्दै थियो
एउटा बलत्कारी नजिकैकी युवतीको
शरीरतिर आँखा गाड्दै थियो
मौनधारणको बेला सहिदको नाममा
आफ्ना धेरै कुरा सम्झने त्यहाँ थिए
एक मिनेटमा, मात्र एक मिनेटमा
सहिदका नाममा धेरैले धेरै कुरा सम्झिए
सबै मौनधारणमा व्यस्त रहेका बेला
सभा कक्षको एउटा कुनामा
सँुकसुँक गरेर रूँदै थिइन् एउटी महिला
उनी मौनधारणबाट टाढा थिइन्
र आफ्ना पतिलाई सम्झी रहेकी थिइन्
सम्भवतः
सहिदलाई सम्झिने उनी मात्र थिइन् ।
चावहिल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x