साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ईश्वर र मलामी

Nepal Telecom ad

माग्नेहरूको भीडमा
बिचित्रको एउटा माग्ने
तर
खाली हात
ऊ अवाक् छ ।
कुनै पनि भक्तहरूबाट
भिक्षा नपाएपछि
हठात ऊ
उठेर मेरो नजिक आउँछ
र याचना गर्छ
म तिम्रै शीब हुँ
मेरो मृत्यू भइसक्यो
कात्रो किन्न खातिर
दानको याचना गर्दैछु ।
प्रशनवाचक मेरो हेराइलाई
प्रस्ट्याउँदै
ऊ उता देखाउँछ
र भन्छ
त्यो मृत शरीर
तिम्रै बुद्धको हो
मलामी नपाएर
उनी जलेका छैनन् ।
ऊ आबेगमा बरबराउँछ
तिमीहरूले पूज्ने भगवानहरू
तिम्रा तेत्तीस कोटी देवताहरू
ईश्वर र गणहरू
‘को ठूलो हो ?’
भन्ने प्रमाणित गर्न
सबै युद्धमा होमिए
र सबैको मृत्यू भयो ।
अत– दया गर
हामीबाट केही अपेक्षा नगर
हामी मृत छौं
मलाई कात्रो किनिदेऊ
यसै गरी सबैलाई
र मलामी खोजेर
हाम्रो अन्तिम संस्कार गर
तिम्रो त्यसैमा कल्याण हुनेछ ।
नभन्दै
मैले दिएको
दानको पैसा बोकेर
ऊ कपडा पसल अघिल्तिर
लामो लाइनमा खडा थियो
म भने,
मलामी खोज्न ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x