चट्याङ मास्टरआधा मानिस
म तिम्रो शहरमा आएको छु
आफ्नो बर्बादी सँगै ल्याएको छु
मेरो बर्बादी दिन्छु म तिम्रो शहरलाई
म तिम्रो सम्वृद्धि लिन आएको छु ।
तिम्रो स्वार्थले नङ्ग्याएको गाउँबाट आएको छु
मैले मेरो स्वार्थ ल्याएको छु
गाउँको मायाको गीत गाउँदै
तिम्रो शहरलाई सराप्न आएको छु
म तिम्रो शहरमा आएको छु ।
मैले छोडेर गाउँ रिसाएको छ
म आएर शहर रिसाएको छ
शहर मलाई आफ्नो मान्दैन
शहरलाई म आफ्नो मान्दिन
मन गाउँ जाउँ भन्छ शरीर मान्दैन
शहरलाई आफ्नो भन्न मन मान्दैन ।
गीत म गाउँको गाउँछु
मित म शहरमा लाउँछु
मन भएको ठाउँमा तन छैन
तन भएको ठाउँमा मन छैन
म न यताको न उताको हुन आएको छु
सिङ्गो मानिस थिएँ, आधा हुन् आएको छु
म तिम्रो शहरमा आधा मानिस आएको छु
मैले मेरो बर्बादी सँगै ल्याएको छु
म तिम्रो शहरमा आधा मानिस आएको छु ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































