साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुल कुल साथी कुल

Nepal Telecom ad

खडकेले खुब
रक्सी खान्थ्यो
चुरोट खान्थ्यो
घरमा बुढीलाई
लातका लात हान्थ्यो
एक दिन मैले भने
भाउजू त अब अर्कैकी भइन्
बिहानै उठेर
पद्मेसँग पोइन पो गइन् ।

खड्के
एकछिन त हुक्कहुक्क हुक्कायो
त्यसपछि स्याल जस्तै कुक्कायो
बासेकी आमा
मलाई माफ देऊ
तिमीलाई पर्सेसँग शङ्का गर्दै
गधालाई झैं चुटे
कुकुरलाई झैं कुटे
अब त्यो पद्मेलाइे काट्छु काट्छु
त्यसको गर्दन नछिनालेर कहाँ छाड्छु
खड्के खुकुरी बोकी हिँड्ला जस्तै ग¥यो
भेट्यो भने त भिडला जस्तै ग¥यो
मैले तु भनिदेँ
कुल कुल साथी कुल
भाउजू त मन्दिर पो गा’छिन्
आज त अप्रिल फुल ।

भाउजू एउटा कुरा भन्छु
न रिसाउनु होला
अस्ती दाइले
कुन चाहिँ केटीलाई
एउटा गजबको पे्रमपत्र लेख्याथें
आज त्यही सुन्दरीलाई
बाइकमा टाँस्सेको देख्याथें ।
आम्मै सेमिनार भनेर त बुढो
तरुनी लिएर सिनेमा पो गएछ
तिमी जस्तै राम्री कोही छैन भनेको त
फुर्काको पो रहेछ ।
रन्किँदै, फन्किँदै फोन ठोकिन्
सासै नफेरी रिस पोखिन्
खै के के भनाभन भो
एकछिन पछि त
क्वाँ क्वाँ आफै रुन थालिन्
म बर्बाद भएँ भन्दै
बिहोस पो हुन थालिन्
मैले कुरो खोल्दै भनेँ
कुल कुल भाउज्यू कुल
चिन्ता मान्नु पर्दैन
आज त अप्रिल फुल ।

ल तयार हौ झट्ट
गैहाल फटाफट
वीर अस्पातलमा
तिम्रा बा भर्खरै चट
सुनेर यो
साथी ड्याम्मै ढल्यो
बाबु भन्दा अघि
झन्नै चल्यो
मैले पानी छम्कँदै भनेँ
कुल कुल साथी कुल
अङ्ग्रेजी क्यालेन्डर पनि हेर
आज त अप्रिल फुल ।

अर्को साथी
सधैं घरमा आउँथे
धनको धाक लाउँथे
सानो जागिरमा पनि
मान्छे निचोरेर दाम कमाउँथे
मैले उनलाई फोनमा भनेँ
तिम्री छोरीले त
मेरो छोरालाई बोकी गइछन्
सम्धीज्यू
आजदेखि तिम्री छोरी
मेरी बुहारी पो भइछन्
साथी राते झै रात्तिँदै आए
आगो भई तात्तिँदै आए
ढुङ्गामुढा गर्लान जस्तो
आधिबेरी, सुनामी
कस्तो कस्तो ।
मैले झट्टपट्ट सम्झाउँदै भनेँ
कुल कुल साथी कुल
तिमीलाई थाह छैन !
आज त अप्रिल फुल ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x