सुलसुलेकथाकार पौडेललाई मैनाली कथा सम्मान
काठमाडौं, २०७१ चैत १६ । साहित्यिक पत्रकार संघले आगामी कथा दिवसको अवसरमा वरिष्ठ कथाकार मधुवन पौडेललाई कथाका क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानवापत मैनाली कथा सम्मान २०७१ प्रदान गर्ने निर्णय गरेको छ ।
सङ्घको विशेष कार्यसमितिका संयोजक राधेश्याम लेकालीको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।
कथाकार पौडेलका बाँच्नुको विवशता चपाएको दन्न्तकथा, नलिनी भाउजु, म र मेरो परिवेश, अवतरण र अरू कथाहरू जस्ता कथा कृतिहरू प्रकाशित रहेका छन् ।
वि.सं. २०३८ सालदेखि निरन्तर कथा दिवस मनाउँदै आएको साहित्यिक पत्रकार संघले सोही दिन विशेष लघुकथा वाचनको आयोजनासमेत गर्ने भएको छ ।
मैनाली कथा सम्मानबाट यसअघि वरिष्ठ कथाकारहरू क्रमश मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल गोठाले, डा.धु्रवचन्द्र गौतम, परशु प्रधान, डा.दयाराम श्रेष्ठ ‘सम्भव’, हरिहर खनाललगायत सम्मानित भइसक्नु भएको छ ।
Subscribe
Login
0 Comments
Oldest












































