साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माफ गर्नुहोस् महाशय !

Nepal Telecom ad

१.तिनीहरू काग होइनन्
कागहरू ब्रह्मचारी हुन्छन् जीवनमा एकपटक फुल पार्छन्
तर ती ब्रह्मचारी होइनन्
तिनीहरू पलपलमा बलात्कार गर्छन्
आफ्नो भविष्य आफैँ डढाउँछन्
त्यसैले ती काग भनिन योग्य छैनन्
तिनीहरू काग होइनन्, तिनीहरूको पूजा गर्नु पर्दैन ।

२.तिनीहरू कुकुर होइनन्
कुकुरहरू इमान्दार हुन्छन्
तर ती इमान्दार छैनन्
तिनीहरू आफ्नो मालिकलाई आफैँ टोक्छन्
मालिकको सम्पति आफैँ चोर्छन्
त्यसैले ती कुकुर भनिन लायक छैनन्
तिनीहरू कुकुर होइनन्, तिनीहरूको पूजा गर्नु पर्दैन ।

३.तिनीहरू गोरु होइनन्
गोरुहरूले भारी बोक्छन्, खेतबारी जोत्छन्
तर ती भारी बोक्दैनन्, खेतबारी जोत्दैनन्
तिनीहरू जिम्मेवारी पन्छाउँछन्
आफ्नो दायित्व आफैँ लत्याउँछन्
त्यसैले ती गोरु भनिन लायक छैनन्
तिनीहरू गोरु होइनन्, तिनीहरूको पूजा गर्नु पर्दैन ।

४. तिनीहरू गाई होइनन्
गाईहरूले दूध दिन्छन्
तर ती दूध दिँदैनन्
तिनीहरू दूध लुट्छन् र वीष वमन गर्छन्
आफ्नो फाँचो अरुलाई होइन आफ्नै लागि प्रयोग गर्छन्
त्यसैले ती गाई भनिन योग्य छैनन्
तिनीहरू गाई होइनन्, तिनीहरूको पूजा गर्नु पर्दैन ।

५.तिनीहरू भेडा बाख्रा पनि होइनन्
भेडा बाख्राहरू सूर्ती, खैनी खाँदैनन्, घाँस खान्छन्
तर तिनीहरू सूर्ती, खैनी खान्छन्, घाँस खाँदैनन्
घाँस चर्न चउरमा पनि जाँदैनन्
छाला, रौँ र मासुमा पनि काम लाग्दैनन्
त्यसैले ती भेडा बाख्रा भनिन लायक छैनन्
तिनीहरू भेडा बाख्रा पनि होइनन् ।

६.तिनीहरू मान्छे पनि होइनन्
मानिसहरूमा विवेक हुन्छ,
अलिकति मात्रै भए पनि देशप्रति आस्था र दायित्व हुन्छ
तर तिनीहरूमा विवेक छैन, देशप्रति आस्था र दायित्वबोध छैन
जनताप्रतिको जिम्मेवारी र नैतिक प्रतिबद्धता पनि छैन
सत्तास्वार्थ र फोश्रो आदर्शमा लिप्त ती मान्छे कहलिन योग्य छैनन्
तिनीहरू हाम्रा दाजुभाइ र दिदीबहिनी हुन सक्तैनन्
त्यसैले तिनीहरूको पूजा गर्नु पर्दैन ।

७. को हुन् त ती ?–
ढसमस्स सडकमा बस्ने र सडक बन्द गर्ने
ठूलोठूलो फल देखाएर आशै आशमा झुण्ड्याउने
जति खाए पनि नअघाउने, अर्काको बाली सखाप पार्ने
बाँध्न नमिल्ने, कुट्न नमिल्ने, काट्न नमिल्ने, जोत्न नमिल्ने
अस्थिपिञ्जर मात्रै रहँदासम्म पनि
ओगटेर बस्ने, तर केही गर्न नसक्ने,
चोरेर खाएर मात्तिएका, जोडा ओगटेर पात्तिएका,
वृषोत्सर्गमा डामेर छोडेका साँढे हुन् साँढे ।

८. माफ गर्नुहोस् महाशय !
मैले तपाइँहरूलाई नभनेको होइन ।
गाँस काटेर ढिँडो खुवाएर, घाँस काटेर पीँडो खुवाएर
भुइँमा सुतेर पलङमा सुताएर, पूरा दुई वर्ष पालेर
याँ गर्धन र फिलो भएका, एकै ठाउँमा थच्चिएर पीलो भएका
छ सय एकलाई मेट्नु पर्छ, न धान न संविधान, यिनलाई अब रेट्नु पर्छ ।
माफ गर्नुहोस् महाशय ! मैले अरु कसैलाई भनेको होइन ।
के गर्ने त सभासदहरू ! मैले तपाईहरूलाई नभनेको होइन ।
पातलेखेत– ३, काभ्रे ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x