म पढ्दै छु
मलाइ डिस्टर्ब नगर है, म यहाँ वेद पढ्दै छु
बिपी, मदन, महेन्द्र, केही नपढाऊ मलाई
जे पढे पनि आखिर पुरानै पढ्नु पर्ने रहेछ
म मानव सभ्यताकै सबैभन्दा पुरानो वेद पढदै छु ।
माक्र्स, लेनिन, माओ, गान्धी, मन्डेला, केही नपढाऊ मलाई
जे पढे पनि विदेशी नै पढ्नु पर्ने रहेछ
विदेशी जे पढे पनि आफ्नो व्यवहारमा केही असर नपर्ने
त्यसैले म आजभोलि चाल्र्स शोभराज र हिट्लर पढ्दै छु ।
गीत, कथा, कविता, उपन्यास आदि कुनै साहित्य नपढाऊ मलाई
जे जे पढे पनि लेख्न पर्ने त आखिर संविधान नै रहेछ
सबै ठुला बडाले लेख्न रहर गर्ने र निरक्षरले पनि माग गर्ने
म त आजभोलि भर्खरै प्रकाशित संविधान पढ्दै छु ।
काठमाडौं