साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जसले काट्यो उसैको धन

Nepal Telecom ad

सरकारी बनलाई
सहकारी बन बनायो
दुई चार जनालाई
समितिमा मनायो
ढलेको भन्दै
गलेको भन्दै
राम्रै रुख काटियो
दुई चार दाम बाटियो
हरियो बन नेपालीको मन
जसले काट्यो उसैको धन ।

आफ्नै मान्छेलाई
ठेकेदार बनायो
बनपाले रेन्जरलाई
हिस्सेदार बनायो
पार्टीलाई पनि जनायो
मक्केको भन्दै
सुकेको भन्दै
हरियो रुख काटियो
हरिया रुख बेचेर
हरियै नोट बाटियो
अरुले सकेन
आफूले त यो आँटियो
हरियो बन हाम्रो मन
जसले काट्यो उसैको धन ।

मोटा मोटा पेड
अग्ला अग्ला छाँट्यो
दुई चारको पूर्र्जी लिएर
सयौँ सयौँ काट्यो
सरकारलाई ढाँट्यो
समुदायलाई ढाँट्यो
अरुले सकेन आफैले आँट्यो
हरियो बन नेपालीको मन
जसले काट्यो उसैको धन ।

खयरको जरा
बयरको जरा
बनचोर भन्छ
त्यो चिबे चरा
रुख काटे पनि
हाँगा काटे पनि
तँ चिबे नकरा
सुकेको काट्यो
मक्केको काट्यो
पुगेन भने सद्दे नि काट्यो
तलदेखि माथिसम्म बाट्यो
हरियो धन नेपाली मन
जसले काट्यो उसैको धन ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x