साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्य सभासद्ज्यू ! देशको बेरोजगारी घटाउनु भो

Nepal Telecom ad

अहिले देशमा बेरोजगारहरूको सङ्ख्या ह्वात्तै बढेको भन्ने तथ्याङ्कहरूले देखाएको छ । हरेक दिन रोजगारीको खोजीमा विदेशिने युवाहरूको लाम हेर्दा पनि त्यस्तै लाग्छ । तर देशका ६०१ जना सभासद्हरूको जागिरको निरन्तरता हेर्दा देशमा बेरोजगार बढेको भन्ने तथ्याङ्क पूर्ण रुपमा पूर्वाग्रही हो भन्न कुनै हिच्किचावट गर्नुपर्दैन । रोजगारीका लागि दैनिक विदेशिने युवाहरू पनि सरकारले रोजगारी सिर्जना गरेन भनेर सरकारको बदनाम गर्ने उद्देश्यले मात्र विदेशिएको भन्ने प्रष्ट हुन्छ ।

यस्तो सजिलै जागिर पाइने देशमा बेरोजगारी बढेको भन्ने तथ्याङ्क पेश गर्ने र रोजगारीका लागि विदेश जाने युवाहरूको कदम गैरजिम्मेवार मात्र नभएर भत्र्सनायोग्य पनि छ । नपत्याए ल हेर्नोस् त सभासद्को सजिलो जागिर । काम नगरे पनि हुने, कार्यसम्पादन मूल्याङ्कन पनि नचाहिने, जागिरको म्याद बढाउन अरु कोही नचाहिने आफैँले चाहे जति बढाए पनि हुने, इच्छा भए जिन्दगीभरका लागि बढाएर रिटायर्ड नै हुन नचाहे पनि पाइने, यो जागिरमा अरु कसैले आँखा लगाउन पनि नपाउने, देशको संविधान, ऐन, नियम र कानुन जागिरका लागि बाधक भए पनि त्यसलाई जतिपटक संशोधन गर्न पनि पाइने । यस्तो सजिलो गरी जागिर पाइने देशमा कसरी बेरोजगारी बढ्यो भन्न सकेको होला ?

त्यसो त कोही कोही प्रतिगामीहरूले यत्रो जनसङ्ख्या भएको देशमा तपाईं ६०१ जना सभासद्ले जागिर पाउँदैमा कसरी बेरोजगार घट्छ भनेर सभासद्ज्यूहरू माथि प्रश्न पनि गर्लान् । मेरा प्रिय माननीय सभासद्ज्यूहरू ! त्यस्ता प्रश्न गर्ने प्रतिगामीहरूलाई भनिदिनुुस्– ‘हामी सभासद् भनेका जनप्रतिनिधि हौँ, हामीले बोलेको आवाज सम्पूर्ण जनताको आवाज हुन्छ र हामीले गरेको काम सम्पूर्ण जनताको काम हुन्छ भने हामीले खाएको जागिर सम्पूर्ण जनताले खाएको जागिर किन नहुने ? त्यसैले हामी रोजगार हुनु भनेको सम्पूर्ण जनता रोजगार हुनु हो ।’ र त्यस्ता प्रश्न गर्ने प्रतिगामीलाइ अर्को कुरा पनि भनिदिनुस्– ‘संविधान सभाको म्याद समाप्त गरेर हामी जिम्मेवार सभासद्हरूले सम्पूर्ण जनतालाई कसरी बेरोजगारी बनाउन सक्तछौँ र ? त्यसैले हामी संविधानसभाको म्याद थपेरै छाड्छौँ ।’

धन्य सभासद्ज्यू । तपाइहरूको विगतका क्रियाकलापबाट हामी अत्यन्तै खुशी भएका छौँ । गर्व छ तपाईंहरूमाथि हामीलाई । जागिर थप गर्नु हुँदैन भन्ने यस्ता प्रतिगामी तत्वहरूलाई पत्तासाफ गरेर तपाईं सभासद्हरूले जागिर खाइरहनु पर्छ, जागिरको निरन्तरता दिई अग्रगामी बाटोमा लागिरहनु पर्छ, हामी सम्पूर्ण् जनताको माग यही हो । काम नगरी त्यतिकै जागिर खायो भनेर भन्नेले भनिरहून् । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ, त्यसले के फरक पर्छ ? यस्तो बेरोजगारी घटाउने अभियानलाई कसले रोक्न सक्छ ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x