साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोक र टेलिभिजन

Nepal Telecom ad

भोकको आगोमा
जलिरहेका
मानिसहरूको क्लोज अप देखाउँदै
टेलिभिजनमा जब समाचार आउँछ
दिनभर
देश चलाएर घर फर्केकाहरू
ककटेल
मिटबल र रोस्टेड चिकेनसँग
भोकका रंगीन तस्बिरहरू हेर्छन् टेलिभिजनको पर्दामा
साक्षात
कहिल्यै नदेखेको भोक
आफ्नै आँखाले
आफ्नै बैठक कोठाको
सोफामाथि बसेर
धेरै नजिकबाट हेर्छन्
भोकका समाचार र रिपोर्टहरू सुन्छन्
र, त्यो सुन्दर फोटोग्राफी
र सन्तुलित कभरेजको
प्रशंसा गर्दै
मानिसहरूका
काला, कुप्रा, डढेका र कुच्चिएका
जीउहरू
धेरै बेरसम्म हेर्न नसकी
च्यानल फेर्छन्
र अर्धनग्न
सुकोमल सुकुमारीको
नृत्य हेर्दै
झुम्न थाल्छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x