साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यको चटनी

Nepal Telecom ad

हे प्रभो !

मन्दिरमा एक भक्त
गर्दै थियो प्रार्थना
हे भगवान– जन जनको पीर हर,
सबैको तिजोरी धन दौलतले भर,
थप अनुरोध यतिनै छ प्रभो !
शुरुवात मबाट गर ।

हावा र हाकिम

हावा र हाकिम
थाहा नै नहुने
कुन बेला जाने–कुन बेला आउने,
दुवैको एउटै बानी,
फाइल भेट्दै पाना पल्टाउने ।

एटीएम र बज्जै

एटीएम मेसिन
किन यस्तो चिच्यायो ?
कारण एउटै थियो,
इन्टर योर पिन पढ्दै
कार्डको सट्टा बज्जैले
कपालको पिन छिरायो ।

माया गर्ने बुद्धि

जिज्ञासा राखियो कि
बिहे गरेर माया गर्ने कि
माया गरेर बिहे गर्ने ?
जवाफ फर्काइयो
बिहे गरेर माया गर्दा हुने
तर श्रीमतीले थाहा
पाउनु न पर्ने ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x