सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो ठगठागको काम के गर्नु !

Nepal Telecom ad

लामो समयपछि पुरानो मित्र भेटियो । केटाकेटीमा हामीले सँगसँगै अनेकौं अपराध ग¥यौं र ती सम्पूर्ण बदमाशीलाई खेल भन्ठानेर बिर्सिदियौं । ती बदमाशीलाई यहाँ उल्लेख नगरौं । अचेलका केटाकेटी त हामीले गरेको भन्दा ठूलठूला बदमाशी गर्छन् ।

ती दिनलाई सम्झेपछि मैले सोधें– यार ! अचेल के गर्दैछस् ? मित्रले मित्रता देखाउँदै भन्यो, यो, मेरो विजनेश सिक्रेट हो । भन्न त हुँदैन ‘तर तैंले सोधिहालिस् । कसैलाई नभन्नू नि ।’
‘भन्दिन’ भनेर म साखुल्ले भएँ ।

उसले भेद खोल्यो, हामीले केही गाविसका बासिन्दाहरु मिली जुलुश सप्लाई समिति खोल्यौं । अचेल त मोज छ यार ! राम्रो आम्दानी छ ।
कसरी ? मैले सोध्नै प¥यो ।
‘जुन पार्टीलाई जस्तो जुलुश चाहिन्छ हामी त्यस्तै जुलुश सप्लाई गर्छौं । राम्रो फाइदा छ । गाउँका शिक्षित र अशिक्षित दुबै थरिका बेरोजगारहरुले स्थायी काम नपाए पनि अस्थायी रुपले दाम त पाउन थालेका छन् । हाम्रो समितिले एकैथरीका मानिसहरुलाई कहिले चारतारे, कहिले सूर्य, कहिले तारा, कहिले मान्छेले हलो जोतेको, कहिले पञ्जा, कहिले हँसिया हथौडा अर्थात् जुन पार्टीलाई जस्तो नारा, जुलुश, बैनर, झण्डा, पर्चा, पम्लेट चाहिन्छ । यावत चीज हामी सप्लाई गर्छौं । हामी पार्टीलाई हेरेर दाम लिन्छौं । गिरिजा, माधव, वामदेव र कामदेव (किशुनजी) सबैका लागि हाम्रो ढोका खुला रहन्छ ।’ मित्रले जुंगामा हात पुछ्दै भन्यो ।

मित्रता देखाउनलाई उसले भन्यो, यार । तँ पनि हाम्रो समितिको सदस्य बने, राम्रो होला । केही आकर्षक नाराहरु लेखिदिनू, दुईचार सय भइहाल्छ । काम गरेर खानमा के को लाज !

मैले भनें, यार अब त जीवनको उत्तरार्ध शुरु भइसक्यो, पचास नाघियो । अब यो ठगठागको काम के गर्नु !
ठूल्ठूला ठगलाई ठग्नमा कुनै पाप हुन्न । भन्दै ऊ चुरोट किन्न बाहिर लस्कियो ।
थानकोट, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाया हाकिम

छाया हाकिम

मुकुन्द आचार्य
घुमिफिरी रुम्जाटार

घुमिफिरी रुम्जाटार

मुकुन्द आचार्य
‘तँ अब बुढो भइस्’ पढेपछि

‘तँ अब बुढो भइस्’...

मुकुन्द आचार्य
सजिलो छैन नेता हुन

सजिलो छैन नेता हुन

मुकुन्द आचार्य