साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किशोर साहित्य पाण्डुलिपि पुरस्कार घोषणा

Nepal Telecom ad

गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषले वर्ष २०७० का लागि अन्जना राजवंशी (सृष्टिको कथा, किशोर उपन्यासका लागि), वर्ष २०७१ का लागि महेश पौड्याल (तादी किनारको गीत, उपन्यासका लागि) र वर्ष २०७२ मा गङ्गा पौडेल (सरस्वती, किशोर उपन्यासका लागि) पुरस्कृत गर्ने भएको छ ।

यो पुरस्कार वरिष्ठ लेखक गोविन्द बहादुर मल्ल गोठालेको स्मृतिमा वि. सं. २०६९ मा साहित्यकार÷समाजसेवी जलेश्वरी श्रेष्ठज्यूको सहयोगमा २ लाखको अक्षयकोष स्थापना गरी शुरु गरिएको हो । वि. सं. २०६९ मा पहिलो पटक यो पुरस्कार साहित्यकार लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको थियो ।

पुरस्कार किशोर साहित्यको उत्कृष्ट पाण्डुलिपिलाई हरेक वर्ष प्रदान गरिन्छ । यस वर्ष वि. सं. २०७०, ०७१ र ०७२ सालमा पुरस्कृत तिन प्रतिभाहरूलाई एउटै मन्चमा आगामी २०७२ असोजमा पुरस्कृत गरिने कोषबाट जानकारी प्राप्त भएको छ । साथै यही समारोहमा साहित्यकार गोपाल पराजुलीलाई किशोर साहित्य विशेष सम्मान पनि प्रदान गरिने भएको छ ।

पुरस्कृत कृतिको पाण्डुलिपिलाई पुरस्कार कोषको सम्पादन र संयोजनमा अन्तिम रुप दिई व्यवसायिक प्रकाशन संस्थाबाट प्रकाशन गरिने छ । कृतिका लेखकलाई लेखकस्व प्रदान गरिन्छ । यस पुरस्कारबाट पुरस्कृत लेखकलाई नगद रु ११ हजार १ सय ११ र ताम्रपत्र सहित पुरस्कृत गरिने गोविन्द बहादुर मल्ल गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार कोषले जनाएको छ । कोषका संस्थापक जलेश्वरी श्रेष्ठ, पहिलो वर्ष पुरस्कृत स्रष्टा लक्ष्मी उप्रेती र पुरस्कार बितरण समितिका संयोजक कार्तिकेय सम्मिलित तिन सदस्यीय मूल्याङ्न समितिले यो निर्णय गरेको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x