प्रेम ओली ढकलपुरेबौलाह मान्छे
यो देशलाई सिङ्गापुर बनाइ दिन्छु
यो देशलाई कोलालम्पुर बनाइ दिन्छु
चौराहमा एक बृद्ध बोल्दैथे
शायद पिसाबले च्यापेको रहेछ
सुरुवाल पनि खोल्दै थे
मान्छेले भन्दै थे
कहाँबाट आका हुन् यि नयाँ मान्छे
को हुन् यी बौलाह मान्छे ?
बिच सडकमा
एउटा अधबैसे
भाषण् ठोक्दैथ्यो
राम्रै कुरा पोख्दैथ्यो
देशलाई म
भ्रष्टाचार मुक्त बनाउँछु
शिष्टाचार युक्त बनाउँछु
मान्छेले कुरा सुन्दै थे
तर पनि भन्दैथे
को हुन् यि नौला मान्छे
नेता थे कि ! बौलाह मान्छे ?
एक जना
सुरुवाल भोटोमा आएका
ढाका टोपीमा आएका
चोकमा भाषण गर्दैथे
मान्छे पनि हेर्दैथे
यो देशलाई टुक्रिन दिन्न
राष्ट्रघातीलाई डुक्रिन दिन्न
राष्ट्रिय एकता जिन्दावाद
विदेशी हस्तक्षेप मुर्दावाद ।
मान्छे ठाडा ठाडाकान पार्दैथे
मुखामुख गर्दैथे
कहाँबाट आए यी बौलाह मान्छे !
कुरा त राम्रै गर्दारहेछन्
को रहेछन् यि बौलाह मान्छे ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































