साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहर

Nepal Telecom ad

बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरूको ।

खिया लागेका कलका पूर्जाहरू जस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भैसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पाना हरूमा,
मैले त बाच्नुपर्छ आउने दिनहरूमा
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरूको ।

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिड्नभन्दा
बाटो बनाउँदै हिड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरूको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरूको ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x