साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मात्र देश बिरामी छ, सरकार !

Nepal Telecom ad

सरकार
लाला बाला
आसे पासे
लस्कर तस्कर
छेउ कुना भित्तो
सबैलाई आरामै छ
आरामै छ ।
मात्र देश बिरामी छ, सरकार !

किरिङ्ग मिरिङ्ग
हाम्रो नक्साको छेउ कुना
रिटिङ्ग बिटिङ्ग
हाम्रो रागको शब्द उच्चारण
तलरमाथि पारे होलान्
सीमा स्तम्भ केही सारे होलान्
हाम्रो देशको नागरिकतामा थुप्रै हाले होलान्
अरु ठीक छ सरकार
काकाकुल काठमाडौंमा
घरभरी पानी भरेका छौ
अन्धकार काठमाडौंमा
हाम्रोमा बत्ति आउने पारेका छौ
साला साली
खेत बाली
बैठकमा डगी मस्त छ
सयनमा
बयानमा
सबैतिर चर्चा
गुनगानको पर्चा छरेकै छौ
आखिर श्रीपेचकै कमी हो
बाँकी सबै कार्यकर्ता भरेकै छौ
हामीलाई सब ठीक छ
मात्र देश बिरामी छ, सरकार !

अभिलेख फेरे होलान्
लेखा बिगारे होलान्
दान, चन्दा, भिख बढेकै छ
मतियार
हतियार
परिवारमा सुख छ
हत्या
बलत्कार
अपहरण
जनता पो भए क्यारे
हाम्रो त गज्जपको शान्ति सुरक्षा छ
बिरामी भए होलान् कर्णाली
पेट दुख्यो भन्थ्यो दार्चुलाको
धेरै रोए अरे महाकाली
सुस्ता र टनकपुरको गनगन बाहेक
सबैलाई सुबिस्ता छ
सबैलाई सन्चै छ अरे
व्यथा लागेको छ रे बैतडीलाई
करङ्ग भाच्चिएको छ धनगढीको
झापाको हालत केही बेहाल मात्र हो
स्वतन्त्र समाचारको मिथ्या बिश्लेषण मात्र हुन्
कोरा कल्पना
बिरोधीको आरोप नसुन्नुस् सरकार
देशकै शरीर हुन्
सन्चो बिसन्चो हुन्छ नै
तपाईंलाई आराम भए भै’गो नि
हिजो भर्खर डगीलाई केनल क्लव देखाइयो
टाउको दुखेको छोराको सिङ्गापुरमा नाम लेखाइयो
हाछ्युँ आएको छ रे मुमालाई
अमेरिका जान पाउने हुनु भो
यत्ति हो सरकार खबर
सबैलाई कुशल मङ्गल छ
देश बिरामी हो क्यारे
न बाँच्ने भयो भने
स्विस बैङ्कको खाता काम लाग्छ
रातो पासपोर्टको नाता काम लाग्छ
सबै सहिद हुने देशको
चिन्ता नलिनुस् सरकार
अरु सबै ठीक छ
मात्र देश बिरामी छ, सरकार !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x