साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको लोकसाहित्य विशेष कार्यक्रम

Nepal Telecom ad

अभिनव साहित्य समाजले २०७२/३/२६ गते यसको १६१ औँ शृङ्खला सम्पन्न गरेको छ । यस शृङ्खला अन्तर्गत २०२ औँ भानु जयन्तिको अवसरमा लोकसाहित्य विशेष कवि गोष्ठीको आयोजना गरिएको हो । समारोहमा उपस्थित कविहरूमध्ये ३७ जनाले कविता वाचन र लोक गीत गायन गरेका थिए ।

स्रष्टाहरू दीपक नेपाल, अजित नेपाल, सीता प्याकुरेल र कृष्ण गौतमका रचनाहरूलाई प्रोत्साहित पुरस्कार प्रदान गरिएको थियो ।

अन्य सहभागी कविहरूमा उर्मिला पन्त पाण्डेय, प्रकाश गफाडी, घनश्याम प्रसाई, थरेन्द्र, विमल अर्याल, कीर्ते पौडेल, शालग्राम, भावना मुस्कान, स्मीता, वानवासी, उर्मिला पन्त पाण्डेय, के आर चौधरी, विश्वास, सुशील राजोपाध्याय, भावुक, दिव्यलक्ष्मी, भाग्यशाली, डिल्लिराज अर्याल, प्रदीपरत्न, हरिप्रसाद पाण्डे, कोशवराज, विशाल खण्ड्का, बुद्धरत्न, मदन सिवाकोटी, विपीन, अटेरी, मोहनमणि, महर्षि, राम व पहाडी, शीतल गिरी र खेमराज पोखरेल आदि हुनुहुन्थ्यो ।

कार्यक्रमको प्रमुख अतिथिमा प्राज्ञ तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव जीवेन्द्रदेव गिरी र सभापतित्व समाजका निवर्तमान कोषाध्यक्ष बाजुराम पौडेलले गर्नुभएको थियो । समाजका अध्यक्ष वेदमणि घिमिरेले कार्यक्रमको समग्र समीक्षा र धन्यवाद ज्ञापान, सचिव परशुराम पराजुली पराशरले समग्र कार्यक्रको समीक्षा र उद्घोषण मेनका आचार्यले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x