साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुभक्तसम्बन्धी नियात्रा र काव्य विमोचित

Nepal Telecom ad

काठमाडौँ, २७ असार । निबन्धकार राजेन्द्र सुवेदीद्वारा लिखित ‘सम्राट्को सीमाभित्र र बाहिरका भानुभक्त’नियात्रासङ्ग्रह र कवि देवी नेपालद्वारा लिखित ‘भानु भन्दै हिँडी रहूँ’ यात्राकाव्यको आज यहाँ लोकार्पण गरियो ।

आदिकवि भानुभक्त आचार्यको दुई सय दुईऔँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा विमोचित ती कृति गत साल भानु प्रतिष्ठानको आयोजनामा नेपालीभाषी समुदाय रहेका भारतको पूर्वाेत्तर क्षेत्र आसाम, मेघालय, नागाल्यान्ड र मणिपुर तथा भुटानको छेउमा गरिएको १८ दिनको सामूहिक भ्रमणमा केन्द्रित छन् ।

भानु प्रतिष्ठानबाट प्रकाशित ती कृतिको राष्ट्रकवि माधव घिमिरेले विमोचन गर्दै लोकको हित गर्ने आदिकविलाई सबैले काँधमा बोकेर हिँड्नुपर्नेमा जोड दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र उपकुलपति डा विष्णुविभु घिमिरेले सांस्कृतिक एकताका प्रतीक भानुभक्तका योगदान उजागर गरी मुलुकमा राष्ट्रिय एकताको भावना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
प्रा डा वासुदेव त्रिपाठीले भानुभक्तबारे मुख्य प्रवचन दिँदै उनीसँग सम्बन्धित जन्म, मृत्यु, कृति र अन्य घटनाबारे निकै विवाद भएकाले उनका बारे प्रामाणिक ग्रन्थ लेखिनुपर्छ भन्नुभयो ।

नियात्राको समीक्षा गर्दै प्रा कृष्ण गौतमले ‘रामायण’ जस्ता कृतिको प्रकाशन र नेपालको आध्यात्मिक एकीकरणमा जोड दिनुभयो । काव्यमाथि समीक्षा गर्दै डा रामप्रसाद ज्ञवालीले यात्राकाव्य लय, भाव र विचारले उच्च छ भन्नुभयो ।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्य र महासचिव डिपी अर्यालले विसं २००८मा चुँदीरम्घामा स्थापित भानु पुस्तकालयको सहायक भई भानु प्रतिष्ठान (यसअघि भानु सेवा समिति)ले भानुभक्तलाई प्रतीक मानी नेपाली भाषासाहित्यमा क्रियाशील रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x