डा.रवीन्द्र समीरतथास्तु
ईश्वरलाई आफ्नो सृष्टिप्रति वितृष्णा जाग्यो । कोही आलिसान महलमा सुखसयल भोगिरहेका छन् भने कोही सडकमा सुत्न बाध्य छन् । यो दुरवस्था देखेपछि ईश्वर नारदलाई साथमा लिएर दानकर्मका लागि पृथ्वीमा ओर्लिए ।
‘प्रभु ! मेरो पाँचतले घर छ, दसतले घर बनाउने इच्छा छ ।’ –ईश्वरले यथेष्ट धनको राशि उसलाई छाडे ।
‘प्रभु ! मेरो मारुती कार पुरानो मोडेल भयो, प्राडो, पजेरो चढ्न पाऊँ ।’ –ईश्वरले महँगो कार किनिदिए ।
‘प्रभु ! सहरमा मेरो जम्मा पाँच रोपनी जग्गा छ । बगैँचा, स्विमिङ पुल, खेल मैदानका लागि जग्गा पुगेन’ –ईश्वरले प्रशस्त जग्गा किनिदिए ।
‘प्रभु ! मसँग सुन पाँच किलो मात्र छ, अनाथमाथि कृपा होस् ।’ –ईश्वरले एक पाथी असर्फी दान दिए ।
एवम् प्रकार दान दिँदै जाँदा ईश्वरले ल्याएको पैसा र सुनको थैली रित्तो भयो ।
त्यसपछि ईश्वर सुकुम्बासी टोलतर्पm प्रस्थान गरे । उनीहरूको कारुणिक स्थिति देखेर ईश्वरलाई नरमाइलो लाग्यो तर उनीसँग दान दिने वस्तु केही पनि बचेको थिएन । ईश्वर लाज मान्दै सुकुम्बासी सामु प्रकट भए । यी गरिबहरूले केही मागिहालेमा के दिने होला ? ईश्वरलाई सङ्कटकाल लाग्यो ।
‘प्रभु ! हामीमाथि दया होस् ।’
ईश्वरले विजय मुद्रामा जवाफ दिए – ‘तथास्तु’ !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































