साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोवृत्ति

Nepal Telecom ad

भाँडामा जब प्वाल पर्छ पहिले टालिन्छ केही दिन
त्यो गर्दा पनि काम दिन्न जब त्यो फालिन्छ अर्को दिन ।
खस्के हालत मित्र पूर्व दिनका फर्केर हिँड्छन् उता
हात्ती खाडलमा परेपछि गई जिस्क्याउँछन् भ्यागुता ।।

जो सोझो र इमानदार छ बढी,त्यै भोग्छ धेरै दुख
बाङ्गो वृक्ष सधैकक रहन्छ, पहिले काटिन्छ सोझो रुख ।
पाए खोज्छ हडप्न मानिस सधैं, जो गर्छ चिल्ला कुरा
औँला चाट्छ अगाडि त्यो पछि गई निल्ने पुरै पाखुरा ।।

गल्ती गर्दछ एक अङ्ग त्यसको खप्छन् सबैले पिर
खुट्टामा जब लाग्छ ठेस जिउ नै हुत्तिन्छ एकातिर ।
जोखिन्छन् जब व्यक्ति हैसियतमा राम्रो नराम्रो हुने
काला काग र कोयली तर दुवै आवाजले छुट्टिने ।।

बोल्छन् व्यङ्ग्यय गरेर जो पनि यहाँ आफ्नो अवस्था गिरे
आफू कायर हैन भन्दछ मुसा भागी दुलामा छिरे ।
बस्दा सिर्जन कार्यमा हरघडी झस्काउने छन् बढी
केही उन्नति गर्छ मानिस भने खस्काउने छन् बढी ।।

पैले बुज्रूग भै यिनै पुरुषले नारी पठाए सती
ऐले मानिस द्रव्यलोलुप हुँदा बेच्छन् स्वयम् श्रीमती ।
मान्छे व्यस्त छ अर्थ सङ्कलनमा छाड्दैन पाए जति
आएसम्म निचोर्दछन् रस सबै पाए भने कागती ।।

मान्छेको मन बुझ्नु झैकक जटिलता लागेन अर्को तर
यौटै व्यक्ति अनेक रूप कहिले नौनी, कतै पत्थर ।
खाई आलु लुकेर भन्दछ उही, पेडा थियो त्यो भनी
यो मान्छे जति ज्ञान आर्जन गर्यो निस्कन्छ टेढो बनी ।।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x