साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बास्नु पोथी हुँदैन

Nepal Telecom ad

(प्रसिद्ध कवि कुन्ता शर्माको प्रसिद्ध गद्य कविता ‘पोथी बास्नु हुँदैन’ को स्रग्धरा छन्दमा सार भावानुवाद)

१. भालेले मात्र बास्ने घरभरि हक हो वेस्सरी घाँटी तान्दै
पोथीले मात्र बस्ने दिन दिन घरमा क्रोध आक्रोश निल्दै
‘ओथारो बस्नुपर्ने सव दिन उसको काम ध्यानस्थ मौन
त्याग्दै उन्मुक्त हाँसो रहनु छ उसले बास्नु पोथी हुँदैन !

२. चौडा होस् ! साँघुरो होस् ! घिनयुतm अथवा स्वच्छ होस् ! हिंड्नु पर्छ
पाटो बाटो जसो होस् ! कठिन छ नभनी सञ्चले हिंड्नु पर्छ !
नौलो सोच्तै नसोच्ने ! जति पनि ढुँडी होस् ! जीर्ण–रूढि घोच्नै हुँदैन !
फेर्ने चासै नराख्ने ! चुपचुप रहने वास्नु पोथी हुँदैन !

३. आँसु नै अस्त्र मान्ने ! स्थिति समय बुझी हाँस्नु पर्ने मुसुक्क !
मौका हेर्ने र ताक्ने अवसर पर है ! बिर्सिएला भुसुक्क
आफ्नो चोसो सयार्ने ! मन भरि पिर होस् ‘भाव’ चुँ गर्नु हुन्न !
जम्मै उन्मुक्त पाटा थुनिकन रहने बास्नु पोथी हुँदैन ।

४. वोल्दा तौलेर वोल्ने ! पुरुषसँग सधैं आदरार्थी नछाड्ने !
पर्ने गोडा खुरुक्कै निहुरिकन सधैं दासता नै सकार्ने !
रेखाको साँध नाघ्ने मनमति पर होस् ! ‘नाँघ्नु’ता हुन्न ! हुन्न
नारीले माग गर्ने हकसक किन लौ ! बास्नु पोथी हुँदैन !

५. केको लौ !टेक गर्ने पुरुष सँग कुनै’ छेक्न’ वा ‘रोक्न’ हुन्न
‘स्वामी’ यो शव्द रट्दै ! वनिकन दिनहुँ यन्त्रवत् बस्नु पर्छ !
नौलो पाठै नपढ्ने ! प्रगतितिर हुने चेतना बुझ्नु हुन्न !
भाले नै बास्छ ठाडो निडर गरी गरी बास्नु पोथी हुँदैन ।

६. प्यारो भो जिन्दगी नै तुहिन चुँडिन के वेर ! स्वप्नै नदेख्ने !
नौलो यो चेतनाको युग छ् महिलाको तथापि नबोल्ने !
चल्ला काड्दा नपÞmुल्दै विरह वश कुनै सत्य छाड्नै हुँदैन !
सम्हारै हुन्छ , होओस् ! नव युग पनि होस् ! बास्नु पोथी हुँदैन !

७. उज्यालो पूर्ण ढाकोस् ! क्षितिज पर कुनो पाइला चाल्नु हुन्न !
गम्ल्याङ्गै पूर्ण ढाकोस् ! जिउ तर पनि है ! ‘स्वागतम्’ भन्नु हुन्न !
आतङ्की जङ्गली हुन् ! पुरुष विष बनुन् ! बोल्नु ठ्याम्मै हुँदैन !
काँडाघारी पसेरै भइकन वलियो बास्नु पोथी हुँदैन !
झर्रो नेपाली घर, चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x