साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१.बुद्धिमा कुबुद्धि

मन्दिरमा एक भक्त
गर्दै थियो प्रार्थना
हे भगवान–जन जनको पीर हर,
सबैको ढिकुटी धन दौलतले भर,
अनुरोध यतिनै छ प्रभो!
शुरुवात म बाट गर ।

२.हावा र हाकिम

हावा र हाकिम
थाहा नै न हुने
फरर्र जाने– फरर आउने,
दुवैको एउटै बानी,
फाइल भेट्दै,
पाना पल्टाउने ।

३. एटीएम र बज्जै

एटीएम मेसिन
किन यस्तो ? चिच्यायो
कारण एउटै थियो,
इन्टर योर पिन पढ्दै
कार्डको सट्टा बज्जैले
कपालको पिन छिरायो ।

४. लुगा नधुने– लोग्ने धुने

जिज्ञासा राखियो कि
बिहे गरेर माया गर्ने कि
माया गरेर बिहे गर्ने ?
जवाफ फर्काइयो
बिहे गरेर माया गर्दा हुने
तर श्रीमतीले थाहा
पाउनु नपर्ने,
थाहा पाए श्रीमतीले
लुगा नधुने– लोग्ने धुने ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x