साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुनै मेसेज आको छैन

Nepal Telecom ad

एक दिन मोबाइलमा
एउटा मेसेज आयो
छोरोले त जिल खायो
दाइ तपाईं मलाई चिन्नु हुन्न
हाम्रो भेट अस्ती भाको हो
त्यसैबेला नम्बर नि पाको हो
तपाईंसङ्ग धन छ
मसङ्ग पनि सुन्दर तन छ
घरकै मुला कति खानु हुन्छ
बाहिरको मुला पनि काट्नुस् न
हामी पनि रमाइलै मान्छे हो
यसो माया पिरती नि साट्नुस् न
कुरो सोच्दै जाँदा
हाम्रो भेट डान्सबारमा भाको रहेछ
रक्सीमो झोंकम नम्बर दिँदा
उसकै मेसेज आको रहेछ ।

उसको कुरो मनासिबै लाग्यो
मनमा पनि तलतल जाग्यो
लौ त नि भन्दै आँटिदिएँ
बुढीलाई पनि
सेमिनार भन्दै ढाँटिदिएँ
तन मन धन मिलेपछि
दुई चार दिन उतै काटी दिएँ
उनले भने जस्तै
माया प्रिती पनि साटी दिएँ ।
केही महिनापछि
फेरि मेसेज आयो
दाइ सरकारले एक्सन लिएपछि
पुलिसले दुख दिएपछि
म त आजभोलि
हाइवेतिर आको छु
यता खासै ग्राहक पनि नपाउने
पाइहाले पनि गाँठिस्ट नपाउने
यतै आउनुहोस्
म पनि फुर्सदिली भाको छु ।
जे परे पर्ला
छोरोले एक दिन भए पनि
मोज गर्ला
गाडी लिएरै जान कस्सियो
दुइचार दिन उतै
ससुरालीमा झै बसियो ।

के वर्षपछि
फेरि उनको मेसेज आयो
यसपाली उनको खबरले
अलिक चिन्ता छायो
दाइ हाइवेमा पनि
पुलिसले पुर्जी काटेपछि
प्रशासनले पनि डाटेपछि
देशकै सिमा काटी
खासातिर आको छु
पेट त पाल्नै पर्यो
रोजी रोटी नभएपछि
सिमा पारि धाको छु
नेपाली केटी भनेपछि
भोटे पनि दङ्गै हुने
खास्साकै ग्राहक पाको छु ।
सरकारले नविदेशिने चन्दालाई रोक्यो
न उसको धन्दालाई रोक्यो
त्यसपछि त चन्दाको
कुनै मेसेज आको छैन
कत पुगी फेरि
केही थाह पाको छैन ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x