साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रधानमन्त्री सक्षम हुनुहुन्छ

Nepal Telecom ad

उहाँ आफै आफ्नो सास बाहिर फ्याँक्नु हुन्छ
उहाँ आफै आफ्नो सास भित्र तान्नु हुन्छ
आफ्नो सास तान्ने र फ्याँक्ने काम उहाँ
बिना कसैको डर भर आफै हरेक मिनेट गर्नु हुन्छ
तपाइँले त्यति छिटो छिटो सास तान्न र फ्याँक्न पर्यो भने
पहिला दस कोष दौडी आएपछि मात्रै सक्नु हुन्छ
त्यत्रो मिहिनेत गरिरहनु भएको छ उहाँ दिन रात
तैपनि प्रधानमन्त्रीले केही गरेनन् भनेर तपाई नै भन्नु हुन्छ !

शरीरमा लगाएको त्यत्रो कोटको भारी छ
भित्री लुगादेखि दौरा सुरुवालसम्म त छँदै थिए
त्यसमा थपिएको भार च्युँडाको दाह्री छ
त्यत्रो लुगा र दाह्रीको भारी बोकेर उहाँ
आफ्नै खुट्टामा उभिनुहुन्छ
उता सास फेर्ने काम पनि गरिरहेकै हुनुहुन्छ
तैपनि प्रधानमन्त्रीले केही गरेनन् भनेर तपाई नै भन्नु हुन्छ !

उहाँ सबल हुनुहुन्छ, सक्षम हुनुहुन्छ
नत्र बिना कसैको सहारा–
सास फेर्नेदेखि लगाएका लुगाको त्यत्रो भारी बोक्ने कामसम्म
प्रत्येक पल आँखाका परेला तलमाथि गर्दै
आँखा कहिले खुला कहिले टम्म
उहाँ एक्लै बिना कसैको सहारा कसरी गर्न सक्नु हुन्छ ?
तैपनि प्रधानमन्त्रीले केही गरेनन् भनेर तपाई नै भन्नु हुन्छ !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x